पोखरा । फुस्रे खोलामाथिको पुल बाढीपहिरो कारण कमजोर बनेको छ । पोखरा महानगर वडा १७ र २१ जोड्ने सो पुलमा पहिरोले क्षति पु¥याउँदा त्यहाँको वस्ती समेत जोखिममा परेको छ । यस्तै सडक समेत जुनसुकै समयमा अवरुद्ध हुने देखिन्छ ।
अविरल वर्षाले फुस्रे खोलामा आएको बाढीले पहिरो जाँदा स्थानीय प्रताप रानामगरको शौचालय, गोबर ग्याँस र गोठ बगाएको छ ।
असार ३१ गते राति परेको पानीले मगरको घर पछाडिको २० हातभन्दा धेरै जमिन खोलाले बगाएको छ । उनको घर दोबिल्ला पुलको नजिक छ । पहिरोले जोखिम बढेसँगै उनले घर छोडेका छन् ।
“पहिरोले घर पछाडि सबै बगायो । जोखिम बढेकोले अहिले बस्न छोडेका छौं” रानामगर भन्छन् । दोबिल्ला पुलसँगै पुरै वस्ती पहिरोले जोखिममा परेको स्थानीय समाजसेवी अशोक रायमाझी बताउँछन् ।
रायमाझी भन्छन् “पहिरोले पुल र वस्ती पूरै जोखिममा परेको छ । दोविल्लाको सडक र वस्तीमा गरी २ सय मिटर जति कटान भएको छ ।” कटानबाट वस्तीको ३५ घर जोखिममा परेका हुन् । वस्तीका बासिन्दाले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई जोखिमबारे जानकारी गराएका छन् ।
त्यसपछि प्रदेशसभा सदस्य कृष्ण थापा सहित वडाका प्रतिनिधिहरुले वस्ती र पुलको निरीक्षण गरेको स्थानीय बासिन्दाले बताए । तर जुन गतिमा जोखिम व्यवस्थापनका लागि काम गर्नुपर्ने हो, त्यो भने हुन नसकेको उनीहरुको गुनासो छ । जनप्रतिनिधिले वर्षाको समयमा केही गर्ने नसक्ने भन्दै सुरक्षित रहन सुझाव दिएको स्थानीयको भनाइ छ ।
दोबिल्ला क्षेत्रको वस्ती, सडक र पुल केही वर्षदेखि लगातार पहिरोको प्रकोपमा पर्दै आएको छ । फुस्रे खोलाले वर्षेनी कटान गर्दै जाँदा त्यस क्षेत्रको सडक समेत भासिएको छ । जिल्लाका दक्षिणपूर्वी भेग जोड्ने त्यो सडक हुँदै दैनिक सयौं यातायातका साधन गुड्छन् । कुनै पनि बेला पुल र बाटो भत्कने अवस्थामा रहेको छ ।
विगतमा पनि निर्वाचित जनप्रतिनिधिले त्यो क्षेत्रको निरीक्षण गर्दै आवश्यक पहल गर्ने आश्वासन दिएका थिए । जनप्रतिनिधिको बाक्लो आवतजावत भए पनि समस्या भने ज्यूँका त्यू छ । सडक डिभिजन कार्यालयले खोलामा थालेको तटबन्ध निर्माणको काम पनि अधुरो छ । तटबन्ध निर्माण समयमा पूरा भएको भए बाढी पहिरोको जोखिम कम भइ वस्ती सुरक्षित हुन सक्थ्यो । वस्ती सहित पुल जोगाउनका लागि गुरुयोजना बनाउन पनि स्थानीयले माग गरेका छन् । बाढीबाट जोगाउन खोलामा तटबन्धसँगै चेकड्याम पनि निर्माण गरिनु पर्ने स्थानीय बासिन्दा बताउँछन् ।
पोखरा सहित देशविदेशका पर्यटकहरुका लागि समेत यो क्षेत्र आकर्षक मानिन्छ । ओशो उपवन, सहारा फुटबल क्लब, पिकनिक स्पट सहित घुम्न लायक ठाँउहरुबाट नजिकै दोवल्लाको वस्ती रहेको छ ।
पुलकै सहयोगमा कास्कीको दक्षिणपूर्वी निर्मलपोखरी, भरतपोखरी, तनहुँ, स्याङ्जाको पश्चिम, पूर्वी भूभाग दिनप्रतिदिन विकासको गतिमा अघि मात्र नभइ कोत्रेदेखि पोखरा आउनजान, गाडीको बढ्दो चाप नियन्त्रमा मद्दतका साथै वैकल्पिक बाटो बन्न गएको छ ।
Related News
सम्बन्धित समाचार
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
बालोदयमा इन्टेलेक्ट स्फेयर
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१