शितलादेवी माविमा पुनर्निर्माण प्राधिकरणको सयोगमा भवन बन्ने

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७७
school

पोखरा ३ साउन । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सयोगमा पोखरा महानगरपालिका १२ शितलादेवी सामुदायिक विद्यालयमा नयाँ भवन बन्ने भएको छ ।

शितलादेवी सामुदायिक विद्यालयमा ४ कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईको ७० लाखको सहयोगमा बन्ने सो भवनको पुर्व स्वाथ्यमन्त्री तथा संघीय सासद खगराज अधिकारीले शिलन्यास गरे ।शिलन्यास गर्दै अधिकारीले शैक्षिक विकास समाज विकासको मेरुदण्ड रहेको बताउदै आफू कुरा भन्दा पनि काम गरेर देखाउन चाहेको बताए । वर्तमान अवस्थामा कोरना भाइरस फैलिएको अवस्थामा कसरी पठन पाठान संचालन गर्ने भन्ने विषयमा वर्तमान सरकारले गम्भीर ढंगले सोचिरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) जिल्ला कास्कीका प्रमुख लालप्रसाद पोखरेलले पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत कास्की जिल्लाका स्कूलमा मात्र १९० वटा भवन सगै ६२१ वटा कोठा ११४ वटा शौचालय ६५ वटा खानेपानी योजना बन्दै गरेको बताउदै प्रमुख पोखरेलले पोखरा महानगरका स्कुलका मात्र ३२१ वटा कोठा बन्दै गरेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले पोखरा १२ मा देशकै गहना स्कूलहरु रहेको बताउदै यो वडाकै गर्वको कुरा रहेको बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर कार्कीले विद्यालयको आधारभूत विकास र अत्यावश्यक सामाग्रीले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रभावकारी भूमिका खेल्ने बताए । विद्यालय प्रधानाध्यापक बाबुराम अधिकारीले ७० लाखको लागतमा ४ कोठे पक्की भवन बन्दै गरेको खुशी प्रकट गर्दे यसमा साथ र सयोग गर्ने सबैमा धन्यवाद प्रकट गरेका थिए ।

विद्यालय शिक्षक बोधराज गौतमले संचालन गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर कार्कीको अध्यक्षतामा पण्डित प्रदीप आचार्यले वैदिक परम्परा अनुसार पूजा गराई भवन शिलन्यास गरिएको थियो ।शितलादेवी मावि कास्की जिल्लाको मात्र नभई गण्डकी प्रदेश तथा देशकै उत्कृष्ट सामुदायिक विद्यालय हुन सफल भइ राष्ट्रिय पुरस्कार पाउन सफल विद्यालय हो । विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कार २०७३ र २०७५ बाट सम्मानित भइसकेको छ । यस विद्यालयमा १०२० विद्यार्थी पढ्दै आएका छन् ।अंग्रेजी माध्यममा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width