चेम्बरको खेलकुद विभाग गठन

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७७
received_2966969923414971

पोखरा, साउन २ ।पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत शुक्रबार खेलकुद विभाग गठन गरिएको छ । विभागको अध्यक्षमा खगेन्द्र क्षेत्री, उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा अर्जुन परियार, सचिवमा सुविन तिमिल्सिना चयन भएका छन् । विभागको सदस्यहरुमा पूर्ण गुरुङ, बलबहादुर गुरुङ, प्रदीप गुरुङ, अनिमेस शाही, निर्मल क्षेत्री, सौगात पहारी र ध्रुव के.सी. रहेका छन् ।
पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष किसान सुनारले निजी क्षेत्रको भूमिकाले खेलकुदको विकास भएको बताए । बिग हाउसहरुले प्रयोजन गरेर खेलकुदका क्लबहरु विकास भएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रले खेलाडीहरुलाई गोलबन्द गर्ने धारणा राखे । कास्कीमा सम्भव भएसम्म खेलक्षेत्रको व्यवसायिकरण र विकासको लागि निजी क्षेत्र सक्रियतापूर्वक उनले कोरोनाको कारण सुरक्षा र स्वास्थ्य सतर्कता अपनाएर जिम हाउस, फुटसल, स्विमिङ पुलहरु खोल्नुपर्ने सुझाव दिँदै उहाँले चेम्बरले कास्कीमा जिम हाउस ट्रेडिङ सेन्टर जुम्बा, प्याराग्लाइडिङलगायतका क्षेत्रमा लगानी प्रबर्द्धनका अलवा उनीहरुको क्षमता विकासको लागि सहयोग गर्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width