लेखनाथ सामुदायिक अस्पतालको स्वामित्व प्रदेश सरकारलाई हस्तान्तरण

भीमपाणि बराल
श्रावण १, २०७७
IMG_0930

लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारमा गएको छ । स्वामित्व हस्तान्तरणसँगै यसको नाम अब गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल नामकरण भएको छ ।

पोखरा–३०, लेखनाथस्थित सो अस्पतालको स्वामित्व बिहीबार आयोजित समारोहमा अस्पतालका अध्यक्ष रमानाथ पौडेल र सामाजिक विकास मन्त्रालयका नि. सचिव तेजप्रसाद काप्mलेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

२०६० फागुनमा महायज्ञ आयोजना गरी संकलित रकमबाट २०६२ सालदेखि सो अस्पताल संचालनमा आएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सामुदायिक अस्पताललाई प्रदेशकै पहिलो र संघीय सरकार मातहतको दोश्रो सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेकोमा गण्डकी प्रदेश सरकारलाई र अस्पतालका संस्थापकहरुलाई धन्यवाद दिए ।
अस्पतालका मेडिकिल सूपरीटेण्डेण्ट डा. प्रकाश भट्टराईले भावी योजना र अस्पतालको गतिविधिबारे जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा. रामबहादुर केसीले अस्पताल संचालनको कार्यविधि र भावी योजनाबारे जानकारी गराएका थिए।

जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर क्षेत्रीले अस्पतल स्थापनार्थ स्थानीयले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनहरुमा अझै अस्पतालको विकास र प्रगती हुने विश्वास व्यक्त गरे।

वडा ३० का अध्यक्ष श्रीराम पोख्रेलले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरणपछि सञ्चालन हुँदै आईरहेका सेवा सुविधाहरु जनताले पाउनुपर्नेमा जोड दिंदै अझै स्तर वृद्धि हुने विश्वास व्यक्त गरेका थिए।

अस्पताल संचालक समिति अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ३२५ वी १ नेपालको तर्फबाट विश्वेश्वर आचार्यले जनस्तरबाट निर्माण भएको अस्पताले जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने विश्वास ब्यक्त गरेका थिए ।
अस्पताल विकास समितिका सचिव कृष्ण तिवारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पूर्व अध्यक्ष मेजर रामप्रसाद गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width