प्रचण्ड–नेपालले मागे ओलीको राजिनामा

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७७
Prachanda-Oli-Makune

काठमाडौं, १ असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजिनामा दिन आग्रह गरेका छन् ।

नेकपा भित्रको विवाद समाधानको लागि अध्यक्षद्वय निरन्तर छलफलमा थिए । यसअघिका ओली–प्रचण्ड वैठकबाट ठोस निर्णय नआइरहेका वेला यसपटक नेता नेपाल छलफलमा सहभागी थिए ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा दुई नेताले ओलीलाई प्रधानमन्त्री पदबाट राजिनामा दिन आग्रह गरे । ओलीसँग छलफलपूर्व नेकपाका शीर्ष ६ नेताले प्रधानमन्त्रीका राजिनामा माग्ने विषयमै अडान राख्ने सहमति गरेका थिए ।

यसअघिको स्थायी कमिटी वैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्नुपर्ने माग भएपछि ओली सहमत भएका थिएनन् । स्थगित स्थायी कमिटीवैठक शुक्रबार बस्दै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width