प्रदेश प्रमुख शेरचनसमक्ष प्रदेश लेखा परीक्षण प्रतिवेदन पेश

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७७
Pradesh Lekha Pratibedan

पोखरा, १ साउन । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ को गण्डकी प्रदेशको लेखा परीक्षण प्रतिवेदन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पेश गरेको छ ।

बुधबार महालेखापरीक्षक टंकमणि शर्माले गण्डकी प्रदेश प्रमुख शेरचनलाई विद्युतीय माध्यमबाट प्रदेश लेखा परीक्षण प्रतिवेदन पेश गरेका हुन् । विद्युतीय माध्यमबाट प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले आर्थिक पारदर्शीता र सुशासन कायम गर्न प्रतिवेदन महत्वपूर्ण भएको बताए ।

देशको आर्थिक कारोबार प्रणालीलाई जस्ताको तस्तै उजागर गरेर चुस्त दुरुस्त राख्न लेखा परीक्षण प्रतिवेदनले सघाउ पुग्ने उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले देशको समृद्धिका लागि आर्थिक सुशासन अति आवश्यक रहेको धारणा राखे । बेरुजुको समस्या दीर्घकालीन रोगजस्तो बनेको बताउँदै उनले बेरुजुको निदानका लागि महालेखापरीक्षकको कार्यालयले अचुक उपाय सुझाउनुपर्नेमा जोड दिए ।

प्रतिवेदन पेश गर्दै महालेखापरीक्षक शर्माले कोरोना भाइरसको महामारी र लकडाउनका कारण भौतिक रुपमा उपस्थित भएर प्रतिवेदन हस्तान्तरण गर्न नपाएको बताए । सो अवसरमा प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाको समेत उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • बिग मार्टको पोखरामा ५ शाखा एक साथ

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । बिग मार्टले पोखरामा ग्रान्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोर सञ्चालन गरिरहेको बिगमार्टले १९ फागुनमा पोखराको…
  • घान्द्रुकमा वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । त्यहाँ अन्नपूर्ण–२, नौडाँडा स्थित धौलागिरी लघुवित्त वित्तीय…
  • पोखरा १३ मा रोजगार मेला

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । पोखरा १३ मा शुक्रबार जब फेयर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको आयोजनामा उक्त…
  • ६ वर्षमा ३५ हजार साना उद्योग थपिए   

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    गण्डकी ।  पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग,…
  • कोदोबाट बिस्कुट उत्पादन, बजारको माग धान्नै मुस्किल   

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    गलकोट ।  पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला…

hero news full width