गण्डकीमा कुल संक्रमित १२२८, थपिए २५

आदर्श समाज सम्वाददाता
असार ३१, २०७७
covid 19 corona banner

पोखरा, ३१ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । प्रदेशमा गएको २४ घण्टामा २५ जना नयाँ संक्रमित थपिएका हुन् । योसहित कुल संक्रमित सख्या १ हजार २ सय २८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र, चितवनको भरतपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा थपिएका २५ संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १ १ , म्याग्दीका ९, तनहुँका ३, कास्की र गोरखाका १–१ जना रहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीका २ जना, बुलिङटारका ९ जना छन् । तीमध्ये बुलिङटारकी ३२ वर्षीया महिला पनि संक्रमित भएकी हुन् । अरु सबै पुरुष छन् ।

यस्तै, म्याग्दीको मालिकाका ४ जना, बेनीका ३ जना, रघुजंगा र मंगलाका १–१ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

तनहुँको भीमादका २ जना र आबुखैरेनीका १ जना पुरुषमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

यस्तै, कास्कीको पोखरा महानगरपालिकाका ३६ वर्षीय पुरुष र गोरखाको गोरख नगरपालिकाका ४२ वर्षीय पुरुष पनि संक्रमित भएका हुन् ।

गण्डकीमा कोरोना संक्रमितको दर पछिल्लो समय घट्दो छ । त्यसो त निको हुने पनि ९ सय २५ पुगिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width