पोखरा २९ असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले नेपाल सरकारले सार्वजनिक सवारी साधनहरु सञ्चालनको तयारी गरेको सन्दर्भमा यातायात मजदुरहरुको सेवा सुविधा, स्वास्थ्य सुरक्षाको बारेमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएको छ ।
कोराना भाइरस (कोभिड १९)रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको कारण सार्वजनिक यातायात व्यवसाय तथा आश्रित श्रमिकको जिवनयापनमा अत्यन्तै कठिन भएको उल्लेख गर्दै संगठनले यात्रुवहाक सवारी चलाउदा यातायात श्रमिकको विमा, सुरक्षाको प्रवन्ध मिलाउन मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएको हो । मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादर खत्रीक्षेत्रीले सवारी चलाउने यातायात श्रमिकहरुलाई विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य सामाग्री उपलब्ध गराउनु पर्ने माग राखेको जानकारी दिए।
यातायात श्रमिकहरुको कोरोना विमा अनिवार्य गराउनु पर्ने माग राख्दै ध्यानाकर्षणपत्रमा निजी विद्यालय, डिष्ट्रीब्युर्टस कंम्पनी उद्योग लगायत क्षेत्रमा कार्यरत यातायात श्रमिकले लकडाउन अवधी भर पारिश्रमिक नपाएका हुदा“ तुरुन्त उपलब्ध गराउन पहल गर्न अनुरोध गरिएको छ । लकडाउनका कारण कामबाट बञ्चित यातायात श्रमिकहरुलाई राहत उपलब्ध गराइनु पर्ने उल्लेख गर्दै ध्यानकर्षणपत्रमा यातायात श्रमिकहरुका छोरा÷छोरीहरुलाई लकडाउन अवधिभरको विद्यालयको अध्ययन शुल्क मिनाहा गराइनु पर्ने माग गरिएको छ । ध्यानकर्षणपत्रमा चालकको हकमा संक्रमणबाट जोगिन व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई)लगाएतका सुरक्षा सामाग्री अनिवार्य उपलब्ध गराउन आग्रह गरिएको छ ।
संगठनले प्रस्थान बिन्दुबाट यात्रलाई गन्तब्य स्थानसम्म पुर्याई सकेपछि यातायात श्रमिकलाई सुरक्षाका साथ बस्ने प्रबन्ध गराउन माग गरेको छ । ट्याक्सीको मिटरमा भाडा समायोजन गराइनु आग्रह गर्दै संगठनले लकडाउन अवधिभर यातायात श्रमिकहरुलाई घर भाडा छुट गराउन मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएको छ । संगठनले बैंकबाट कर्जा लिएर कारोबार गरेका स्वरोजगार यातायात श्रमिकहरुको हकमा लकडाउन अवधिभरको किस्तामा ६ महिना थप गरी किस्ता व्यवस्था गर्न माग गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले यातायात मजदुरको मागहरु जायज भएको उल्लेख गर्दै पुरा गर्न गण्डकी प्रदेश सरकारले पहल गर्ने बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्री, जिफन्ट सामाजिक सुरक्षा तथा सहकारी विभागका प्रमुख ईश्वरप्रसाद आचार्य, यातायात मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इञ्चार्ज कर्णसिं गुरुङ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१