जनप्रतिनिधिको सेवासुविधा बढाएकोमा आपत्ति

आदर्श समाज सम्वाददाता
असार २९, २०७७
congress-kaski

गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवासुविधा बढाएकोमा नेपाली काँग्रेस कास्कीले आपत्ति जनाएको छ ।

पार्टीको आइतबारको बैठकले विषम परिस्थितिमा समेत जनप्रतिनिधिको सेवासुविधा बढाउने निर्णय अव्यहारिक भएको भन्दै आपत्ति जनाएको प्रवक्ता नवीन सिग्देलले बताए ।

बैठकले लकडाउन कारण नराम्ररी प्रभावित बनेको यातायात, पर्यटन र उद्योग क्षेत्रलाई राहत दिन सरकारसँग माग गरेको छ । लकडाउनको अवधिलाई शून्य मानेर कर र ऋणको व्याजमा समेत सहुलियत दिन माग गरेको छ ।

बैठकले साउन १० भित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ आवेदन नामावली जिल्लालाई बुझाउन वडा कार्यसमिति र साउन २२ भित्र नयाँ आवेदन क्षेत्रमार्फत् जिल्लालाई बुझाउन क्षेत्रीय समितिलाई निर्देशन दिएको छ ।

बैठकले बाढीपहिरोपीडित परिवारलाई राहत र सुरक्षित बसोबास व्यवस्था मिलाउन माग गरेको छ । साथै घाइते भएकाको शीघ्र स्वास्थ्यको लाभको कामना, दिवंगतप्रति श्रद्वाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृण्ण केसीको अध्यक्षतामा बसेको बैठकले बैठकले प्रजातन्त्र सेनानी स्व.नारायणदत्त रानाभाटकी धर्मपत्नी, पूर्व महामन्त्री तारानाथ रानाभाट र कास्की जिल्ला सचिव देवेन्द्र रानाभाटकी आमा खीमकुमारी रानाभाटको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width