इङ्लिस प्रिमियर लिगमा शेफिल्डसँग चेल्सीको हार

आदर्श समाज सम्वाददाता
असार २८, २०७७
Sheffield

पोखरा । इङलिस प्रिमियर लिग सेफिल्ड युनाइटेडसँग चेल्सी पराजित बनेको छ ।

शनिबार राती सम्पन्न खेलमा चेल्सी शेफिल्ड युनाइटेडसँग ३–० गोल अन्तरले पराजित बनेको हो । सेफिल्डको जितमा डेभिड म्याकगोल्ड्रीकले २ गोल गरे । ओली म्याकब्रुनेले अर्को १ गोल गरे ।

च्याम्पियन्स लिगका लागि धक्का

सेफिल्डसँग पराजय भोगेसँगै च्याम्पियन्स लिगमा छनौट हुने लक्षमा चेल्सीलाई ठूलो धक्का लागेको छ ।

चेल्सीको इङ्लिस प्रिमियर लिगमा ३५ खेलपछि ६० अंक रहेको छ । लेस्टर सिटीको ३४ खेलबाट ५९ र म्यानचेस्टर युनाइटेडको ३४ खेलमा ५८ अंक छ । दुवैले आ–आफ्नो आउँदो खेल जितेमा चेल्सी तेस्रो स्थानबाट पाँचौं स्थानमा पुग्नेछ । त्यस्तै, चेल्सीमाथि शानदार जित हासिल गरेको सेफिल्डको ३५ खेलबाट ५४ अंक छ । सेफिल्ड लिगको छैठौ स्थानमा उक्लिएको छ ।

त्यस्तै, शनिबार राती नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ५–० गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा रहीम स्टर्लिङले ह्याट्रिक गरे । बाँकी, गाब्रियल जिसस र बेर्नार्डो सिल्भाले १÷१ गोल गरे । यस जितपछि सिटीको ३५ खेलबाट ७२ अंक भएको छ । ब्राइटनको ३५ खेलपछि ३६ अंक रहेको छ । इङ्लिस प्रिमियर लिगमा ब्राइटन १५ औ स्थानमा छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width