वालिङ, २७ असार । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अब आर्थिक विकासतर्फ उन्मुख हुनुपर्ने बेला आएको बताएका छन् । गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र आँधीखोला बहुप्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन भएको तीनमहिने बेमौसमी तरकारी उत्पादन तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नगर प्रमुख खाँणले आर्थिक विकास विना अन्य विकास सम्भव नहुने भएकाले आर्थिक विकासलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । “तालिममा सिकेका सीपलाई ब्यवहारमा उतारेर आत्मनिर्भर बन्नतर्फ लाग्नुहोस्” नगर प्रमुख खाँणले भने, “व्यवसाय सञ्चालनका क्रममा आवश्यक परेको खण्डमा नगरपालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउने र उत्पादित बस्तुको बजारीकरणका लागि पहल गर्ने छ ।”
नागरिकहरु सचेत नभएसम्म भ्रष्टाचारमा कमि नहुने भएकाले अब नागरिक सचेत र चनाखो हुनु आवश्यक रहेको नगर प्रमुख खाँणले बताए ।
कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले सिकेका सीपलाई ब्यवहारमा उतारेर उदाहरण प्रस्तुत गर्नका लागि सुझाव दिए । गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार मञ्जु राना र सहभागीकातर्फबाट टीकाकुमारी पंगेनीले मन्तब्य ब्यक्त गरे ।
संस्थाका अध्यक्ष कविता गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ईन्दिरा अधिकारीले र स्वागत उपाध्यक्ष पूर्णकला वोस्तीले गरेका थिए । तालिममा सहभागी २० जना किसानलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१