वर्षौंदेखि नबनेको बाटो लकडाउनमा बन्यो

आदर्श समाज सम्वाददाता
असार २७, २०७७
Bato Udghatan

पोखरा, २७ असार । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) केहीलाई अवसरपनि भएको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस कसैकसैलाई अभिसाप बनेपनि पोखरा–२३ मौरेबगर र धर्मडाँडाबासीलाई भने अवसर बनेर आएको हो । पोखराको नजिक भएरपनि वत्ति मुनिको अँध्यारो भनेझैं भएर बसेको यी दुई गाउँमा वर्षौंदेखि बन्न नसकेको बाटो लकडाउनमै बनेपछि कोरोनालाई अभिसाप मात्रै होइन अवसरका रुपमा पनि परिणत गर्न सकिदो रहेछ भन्ने पुष्टि भएको छ ।

महानगर भएरपनि १ मीटरपनि पिचबाटो नभएको पोखरा महानगरपालिका वडा नम्बर–२३ मार्गीस्थित धर्मडाँडा र मौरेबगरबासीले संयुक्त रुपमा मौरेबगरदेखि हर्पनखोलासम्मको ग्रामिण कृषि सडक निर्माण गरेका हुन् । मौरेबगरदेखि हर्पनखोलासम्म करीब १ किलोमिटर सडक ६ लाख खर्चिएर निर्माण गरिएको समितिका अध्यक्ष नन्दलाल लामिछानेले जानकारी दिए ।

हामीले शत प्रतिशत जन श्रमदानबाट बाटो निर्माण गरेका छौं,‘अध्यक्ष लामिछानेले भने,‘कोरोना भनेर घरमै बस्नु भन्दा सामाजिक दुरी कायम गर्दै मास्क र सेनिटाइजर आवश्यक मात्रामा प्रयोग गरेर सडक निर्माणमा जुट्यौं, जसको फलस्वरुप आज वर्षौंदेखि बन्न नसकेको सडक लकडाउनमै बनाउन सफल भयौं ।’ उनले कोरोना भाइरस र लकडाउनलाई आफूहरुले अवसरको रुपमा परिणत गर्न सफल भएको बताए ।

लकडाउन अघि नै काम शुरु गरेका थियौं,‘बाटो निर्माण समितिका अध्यक्ष लामिछानेले भने,‘तर लकडाउन भएको केहि दिन बाटो निर्माण अलपत्र पर्यो, तर हामीले प्रशासनबाट पास बनाएर निर्माण सामग्री मगायौं र बाटो निर्माणलाई निरन्तरता दियौं ।’ उनले कोरोना कसैलाई अभिसाप भएर आएपनि आफूहरुको लागि अवसर भएर आएको बताए ।

जन श्रमदानबाट निर्माण भएको कृषि सडकको शनिबार गण्डकी प्रदेश सांसद राजिव पहारीले उद्घाटन गरे । उद्घानका अवसरमा स्थानियले पोखराको कोर सिटीसँग जोडिएको र फेवातालको सबैभन्दा नजिकको क्षेत्र भएरपनि मौरेबगर, धर्मडाँडालगायतका क्षेत्रले विकासको मुख देख्न नपाएको गुनासो गरे । उनीहरुले जन श्रमदानबाट निर्माण भएको सडकलाई अझ मजबुत बनाउनका लागि तटबन्धन गर्नुपर्ने भन्दै त्यसका लागि बजेट पारिदिन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

सो अवसरमा बोल्दै प्रदेश सांसद राजिव पहारीले लकडाउनलाई अवसरको रुपमा सदूपयोग गर्न सकिन्छ भनेर मौरेबगर र धर्मडाँडाबासीले उदाहरण प्रस्तुत गरेको बताए । उनले यहाँबाट अन्यलेपनि सिकेर घरभित्र गुम्सिएर बस्नुभन्दा यसको सिको गरेर देश विकासमा जुट्नुपर्ने बताए । सांसद पहारीले भदौ भित्रमा जन श्रमदानबाट निर्माण भएको बाटो थप बलियो बनाउनका लागि बजेट पार्ने आश्वासन दिए । म अहिले यति नै बजेट त भन्न सक्दिनँ,‘सांसद पहारीले भने,‘तर जन श्रमदान जति भएको छ त्यो भन्दा बढी रकम प्रदेश सरकारको तर्फबाट बजेट पार्ने प्रतिबद्धता जनाउँछु ।’ उनले बाटोको अलावा खानेपानी समस्या समाधान र सामुहिक खेतीका लागि चक्लाबन्दी गर्ने हो भने त्यसका लागि ४०/५० लाख बजेट पारिदिने बताए ।

कार्यक्रममा बोल्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले पोखराको कोरसिटी नभई गाउँबस्तीमासमेत सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए । उनले सुरक्षा, विकास र समृद्धिमा सरकार, जनता र सुरक्षा निकायले हातेमालो गर्दै सहकार्य गर्नुपर्ने बताए ।कार्यक्रममा जन श्रमदान गर्ने स्थानियलाई सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरिएको थिय

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width