पोखराको श्रीपति समाजसेवा पुरस्कार माइती नेपाललाई प्रदान गरिने

आदर्श समाज सम्वाददाता
असार २७, २०७७
Nepals-Anuradha-Koirala

पोखरा, २७ असार । श्रीपति कोइराला गुठी पोखराले ‘श्रीपति समाजसेवा पुरस्कार’ घोषणा गरेको छ ।

२ लाख २२ हजार २२२ रुपैयाँको उक्त पुरस्कार प्रत्येक वर्ष नेपालको समाजसेवाका साथै मानवीय क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई प्रदान गरिने भएको छ । जसअन्तर्गत पहिलो पुरस्कार माइती नेपालले प्राप्त गर्दैछ । २१३औं श्रीपति जयन्तीको आवसरमा शनिबार पोखरामा उक्त पुरस्कार घोषणा गरिएको हो । गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

पुरस्कार प्रदान गर्नका लागि गुठीले श्रीपति समाजसेवा पुरस्कार छनोट नियमावली यसअघि नै तयार भएको र सोही नियमावली अनुसार माइती नेपाललाई पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष कोइरालाले जानकारी दिए ।

पुरस्कार संस्थाको आगामी साधारणसभाका अवसरमा प्रदान गरिनेछ । माइती नेपालले मानव वेचविखन, यौन दूराचार र घरेलु हिंसामा परेका महिलाहरूको उद्धार, सहयोग, आश्रय, शिक्षा र सशक्तिकरणको क्षेत्रमा उत्कृष्ट सेवा पुर्याउँदै आएको छ ।

श्रीपतिको शालिकमा माल्यार्पण गरि कार्यक्रम शुभारम्भ गरिएको थियो । गुठीका अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष हेरम्व प्रसाद कोइराला, वर्तमान उपाध्यक्ष फडिन्द्रराज कोइराला र सचिव नवराज कोइरालाले बोलेका थिए ।वि.सं. १८६४ असार २७ गते कास्कीको पोखरास्थित गैह्रापाटनमा जन्मिएका श्रीपति १९२६ मा निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width