पछिल्लो २४ घण्टामा ११८ मा कोरोना संक्रमण, संक्रमित संख्या १६६४९

एजेन्सी
असार २६, २०७७

काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुुसार सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा थपिएका छन् । काठमाडौंमा मात्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८र८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४र४ जनामा संक्रमण पुष्टि भएको छ । इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट, बाग्लुङ, नवलपरासी र दैलेखका २र२ जना तथा रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा एकरएक संक्रमित थपिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width