स्थानीयले गरे सडकमै रोपाइँ

आदर्श समाज संवाददाता
असार २५, २०७७
sadak

बुटवल, असार २५ । सडक मर्मत नगरेको विरोधमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ र १४ का स्थानीय बासिन्दाहरुले पत्थरडाँडा तिनाउ सडकखण्ड अन्तर्गत तीनधुरेमा रोपाइँ गरेका छन् ।

वर्षायामको हिलोको कारण आवजावतमा समस्या परेपछि सडकमा रोपाइँ गरेर सरकारलाई सडक मर्मतका लागि दबाव दिएको स्थानीय अभिषेक न्यौपानेले बताए । पटक पटक आग्रह गर्दा पनि जनप्रतिनिधीहरुबाट गुनासो सुनुवाई तथा समस्या समाधानको लागि कुनै कदम नचालिएपछि रोपाइँ गर्न बाध्य भएको न्यौपानेले बताए ।

सडकबाट नगरपालिकाले बर्षेनी सडक कर संकलन गरेपनि सडक मर्मतमा खासै चासो नदेखाएको स्थानीयबासीको गुनासो छ ।

अन्यभन्दा १३ र १४ वडाबाट बार्षिक करोडौंको नदीजन्य पदार्थ उत्खनन् गरेता पनि सडक अत्यन्त जीर्ण हुँदा समेत मर्मतमा चासो नदेखाएको स्थानीय निमबहादुर क्षेत्रीले जानकारी गराए । क्षेत्रीले अनुसार यस क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन् गरे वापत केही प्रतिशत सोही क्षेत्रको विकासको लागि लगाउने भन्ने नीति भएता पनि सो नभएको बताए ।

तिलोत्तमाका भित्री सडकहरुमा सबैभन्दा बढी व्यस्त सडकको रुपमा चिनिने उक्त सडक तीनधुरे चोक देखि तिनाउ खोला सम्म समस्याग्रस्त छ ।

सडकका कारण वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई प्रत्यक्ष असर नपरेको हुँदा सडक मर्मतमा सरकार उदासिनता देखाएको स्थानीयको आरोप छ ।

सोही सडकमा सवारी चलाउँदा नापी कार्यालय बुटवलका सर्वेक्षक हेमन्त पौडेल दुर्घटना भई गम्भीर घाइते भएर उचारको लागि काठमाडौं पु¥याइएको स्थानीयले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width