हेमजा, २३ असार ।पोखरा–२५, हेमजा स्थित तिब्रीकोट प्रवेश मार्ग भासिएको छ ।अविरल वर्षासँगै पानीको निकास नहुदाँ सडक भासिएको हो।
मध्यपहाडी लोकमार्ग नजिकै पूर्वतर्फ सन्तोष खड्का र देवकृष्ण त्रिपाठीको घर तथा पश्चिमतर्फ रामकुमारी गुरुङ र टेकराज अधिकारीको घडेरी बीच पर्ने सडकखण्ड भासिएको हो । करिव १५ मिटर लम्वाई, १० मिटर चौडाई तथा ५ मिटर गहिरो गरी सडक भासिएको स्थानीयको भनाई छ ।
आइतवार विहानबाटै उक्त स्थानमा जमिन फाट्न सुरु गरेका र सानो भुन भने पहिल्यैदेखि रहेको र परेको पानी उक्त फाटेको स्थान तथा भुन हुँदै जमिन भित्र गएसँगै आइतवार राती नै सडक भासिएको जनाइएकोे छ ।सडक भासिएसँगै सन्तोष खड्काको घर बस्नै नसक्ने गरी जोखिममा परेको छ।
खड्काको बाटो तर्फको कोठी भत्किएको छ भने घर समेत ठाउँठाउँमा चर्किएको छ ।जमिन फाटे लगतै वडामा आइतवार समयमै जानकारी गराएपनि वडाले चासो नदिदाँ समस्या आएको पीडित खड्काको भनाई छ ।मेरो त उठीवास भयो भयो, अव यसले कति परिवारको उठीवास गराउने हो, भविष्यले बताउनेछ, त्यसतर्फ वडा बेलैमा संवेदनशील बन्नुपर्ने खड्काको धारणा छ ।
जमिनभित्र अझै घेरै खोक्रो भाग रहेको जनाउँदै बाटो निर्माण समितिका सदस्य भेषराज बास्तोलाले अझै ठुलो क्षेत्र भासिन सक्ने बताए ।भासिएको उक्त क्षेत्र मंगलवार विहान जेसिवीको प्रयोग गरी केही मात्रामा पुरिएको छ ।
Related News
सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१