सम्मानित संस्था विरुद्ध कुनै कदम नचालिने प्रष्ट

एजेन्सी
असार २१, २०७७
Bidya-Devi-Bhandari_JJXamNP40h

काठमाण्डौ,२१ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलाप साथ नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटन अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल शीतलनिवास पुगेका थिए। प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको अनौपचारिक छलफलमा आफूलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेको बताएपछि त्यसबारे प्रष्ट पार्न तीन नेताहरु शीतलनिवास पुगेका हुन्।

उनीहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुनै तयारी नरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गरेका हुन्। ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने कुनै षडयन्त्र भएको छैन’, राष्ट्रपतिसँगको भेटमा सहभागी एक नेताले भने, ‘सम्मानित संस्थालाई मुछ्ने कुरा अफवाह हो, पार्टीभित्रको आन्तरिक समस्या पार्टीभित्रै छलफल गरेर मिलाउँछौं।’

उनीहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने कुरा बालुवाटारबाट चलाइएको अतिरञ्जित हल्लामात्रै भएको बताए। बालुवाटारबात अनुमानमा आधारित सूचना बाहिर ल्याएर राष्ट्रपतिलाई विवादमा तान्ने काम भएको तीन नेताले राष्ट्रपतिलाई बताएको ती नेताले जानकारी दिए। उनीहरुले सम्मानित संस्थाविरुद्ध कुनै कदम नचाल्ने समते प्रष्ट पारेका थिए।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width