शनिबार थपिए २ सय ३२ कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
असार २०, २०७७
Coronavirus_green

पाेखरा, २० असार । नेपालमा शनिबार २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ४ हजार ५० जनाको पिसिआर परीक्षणमा २ सय ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शनिबार नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार संक्रमित थपिएसँगै नेपालमा कुल १५ हजार ४९१ संक्रमित पुगेका छन् ।

शुक्रबार देशभर ७ सय ४० जना संक्रमित थपिएका थिए। सो संख्या एकैदिनमा देखिएको अहिलेसम्मकै ठूलो संख्या हो ।

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width