पोखरामा मोटरसाइकल ठोक्किएर आगलागी, दुवै मोटरसाइकल नष्ट

विनिता सुनार
असार २०, २०७७
106507154_4614524391906458_6372322922547730287_n

पोखरा, असार २० । पोखरा महानगरपालिका वडा ९, नयाँबजारमा शनिबार दिउँसो दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भएको छ । आगलागीले दुवै मोटरसाइकल जलेर नष्ट भएका छन् ।

ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको मोटरसाइकल दिउँसो ३ बजेर २५ मिनेटमा नयाँबजारस्थित बृहस्पति पेट्रोल पम्प नजिकै आपसमा ठोक्किएका थिए । मोटरसाइकल ठोक्किए लगत्तै एक्कासी आगो लागेको र जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाश हमालले जानकारी दिए ।

मोटरसाइकलमा एक्कासी आगो लागेपछि स्थानीयले पानीले निभाउने प्रयास गरे पनि सो व्यर्थ भएको थियो ।

उनका अनुसार दुवै मोटरसाइकल २–२ जना सवार थिए । उनीहरुको हातमा सामान्य चोटपटक लागेको र उपचारार्थ गण्डकी मेडिकल कलेजमा लगिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width