इटालियन सिरि ए मा ईन्टर मिलानको फराकिलो जित

आदर्श समाज सम्वाददाता
असार १९, २०७७
Inter Milan vs Brassia, Siri A

पोखरा । सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित निकालेको छ ।

बिहीबार राति ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले हराएको छ । ईन्टरको जितमा एलेक्सिस साञ्चेजको उत्कृष्ट प्रदर्शन रह्यो । उक्त खेलमा उनले १ गोल गरे । सान्चेजले २ गोलका लागि एसिस्ट गरे । उनीसँगै एस्ले योङ, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले १÷१ गोल गरे ।

इन्टरले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । सान्चेजको पासमा एस्ले योङले गरेको गोलमा इन्टरले पाँचौं मिनेटमै अग्रता लिएको थियो । २०औं मिनेटमा सान्चेजले पेनाल्टी गोल गरे । योङको पासमा ड्यानिलो डी’ एम्ब्रोसियोले ४५ औं मिनेटमा तेस्रो गोल गरे ।

खेलको ५२ औं मिनेटमा सान्चेजको पासमा रोबर्टो गाग्लियार्दिनीले अर्को गोल थपे । ८३ औं मिनेटमा क्रिष्टियन इरिक्सनले गोल गरे । खेल सकिन २ मिनेट बाँकी रहँदा इरिक्सनकै पासमा एन्टोनियो कान्ड्रेभाले अर्को गोल गरे ।

जितसँगै इन्टर २९ अंकका साथ तेस्रो स्थानका लागि बलियो खवस्थामा छ । जुन चौथो स्थानको एटलान्टाभन्दा सात अंकले माथि हो । दोस्रो स्थानको लाजियोभन्दा ४ अंकले पछाडी छ । एक खेल कम खेलेको एटलान्टाले शुक्रबार राति नेपोलीविरुद्ध खेल्नेछ । क्लब सिरि ए को उपाधि होडमा यथावत छ । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली…
  • हिसानको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट सुरु भएको छ । प्रतियोगिता उद्घाटन…
  • अली मियाँ फुटबल जारी

    आदर्श समाज सम्वाददाता माघ १५, २०८१
    पोखरा । लोककवि अली मियाँ स्मृति चौंथो खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार ७ खेल भए । पोखरा–१३ माछापोखरी…
  • आहा रारामा ११ टिम टुंगो

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिने १२ मध्ये ११ टिमको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले…
  • आहारारा सफल पार्न संघसंस्थासँग छलफल

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहारा क्लब पोखराले खेलसम्बद्ध विभिन्न संघसंस्थासँग…

hero news full width