पोखरा, १८ असार । पोखरामा युवाले अनसन सुरु गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सरकारी कदम फितलो रहेको भन्दै दबाब दिन राजधानीमा अनसन जारी रहँदा पोखराका युवाले पनि बिहीबारदेखि अनसन थालेका हुन्।
पहिलो दिन ४ जना युवा पोखरा एयरपोर्ट नजिकै मुस्ताङचोकमा पानी पनि नखाई प्ले–कार्डसहित अनसन बसेका थिए । उनीहरु बिहान ११ देखि ६ बजेसम्म अनसन बसेकोमा सोक्रममा अन्य युवा पनि स्वतःस्फूर्त अनसनमा थपिएका थिए।
कोरोना नियन्त्रणमा पिसिआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने लगायत सामान्य मागलाई पनि सरकारले नसुनेको झैं गरी बेवास्ता गरेकोले दबाबका लागि अनसन बस्नुपरेको अनसनमा सहभागी युवा सतिश खरालले बताए । खाना र पानीबिनै राजधानीमा युवा अनसन बस्दा पोखरामा पनि स्वतःस्फूर्त रुपमा आफूहरु पनि अनसन बसेको उनी बताउँछन् । उनले अनसनलाई निरन्तरता दिइने बताउँछन्।
कोभिड–१९ विरुद्ध जनतालाई बचाउनुपर्ने समयमा कुर्सी तानातान खेलमा नेताहरु लागेको भन्दै उनले रोष प्रकट गरे । आफूहरुले बारम्बार दबाब दिँदा पनि सरकार कानमा तेल हालेझैं गरी युवाको माग बेवास्ता गरेको भन्दै उनले आफनो माग चानचुने नठान्न आग्रह गर्दछन्।
कोभिड–१९ विरुद्ध जनतालाई बचाउनुपर्ने समयमा कुर्सी तानातान खेलमा नेताहरु लागेको भन्दै उनले रोष प्रकट गरे ।
अनसनमा सहभागी सलिजा श्रेष्ठले आफ्नो मागका कारण समग्र नेपालीको ज्यान बचाउन सघाउने विश्वासस्वरुप सरकारलाई दबाब दिन अनसन बसेको बताइन्।
सुरुवातमा सतिस, सलिजासहित वरदान लामा र पूनम गुरुङ पानी पनि नखाई अनसन बसेकोमा पछि स्मृति बराल, अस्मिता न्यौपाने लगायतले पनि साथ दिएका थिए।
युवाले ‘सरकार कुर्ची होइन, जनता बचाऊ’, ‘धारा ३५ स्वास्थ्य सेवा लागू गर’, ‘धारा ४३ सामाजिक सुरक्षाको हक कार्यान्वयन गर’, ‘क्वारेन्टिन व्यवस्थित गर’ लगायत मागलाई प्रमुखताका साथ उठाएका छन्।
अनसन शुक्रबार पोखराको शहीदचोकस्थित जिल्ला प्रशासन कार्यालय अघि बिहान १० देखि साँझ ६ बजेसम्म ८ घण्टासम्म बस्ने जनाइएको छ । अनसन समय क्रमशः बढाउँदै लगिने युवा बताउँछन् । युवाले थालेको सत्याग्रहमा सबै युवाले साथ दिन उनीहरुको आग्रह समेत छ।
यसअघि ललितपुरको पाटनमा ५ जना युवा अघिल्लो सातादेखि आमरण अनसन बसेका थिए । अनसन बसेका उनीहरुमा स्वास्थ्य समस्या देखा परेपछि क्रमशः अस्पताल भर्ना भएका छन्।
Related News
सम्बन्धित समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१पाठेघरको मुखको क्यान्सरबाट बँच्न एचपिभी खोप अभियान, गण्डकीमा १ लाख ५ हजारलाई दिइने
माघ १८, २०८१