गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

आदर्श समाज सम्वाददाता
असार १७, २०७७
coronavirus

पोखरा, १७ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दिउँसो विज्ञप्ति जारी गरी थप १२ जनामा कोरोना पुष्टि गरेको छ । योसहित प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ पुगेको छ ।

गएको २४ घण्टामा प्रदेशअन्तर्गत कास्कीमा थप ३ जना नयाँ संक्रमित फेला परेका छन् । जसमा २६, २९ र ४४ जना पुरुष छन् ।

लमजुङमा ७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये दूधपोखरी, बेशीशहरका २–२ जना, राइनास, सुन्दरबजार, क्लोलोसोथरका १–१ जना पुरुष संक्रमित छन् ।

कास्की र लमजुङका संक्रमितको नमुना परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

पोखरामै भएको परीक्षणमा तनहुँको भानु नगरपालिका घर भइ हाल लमजुङमा कार्यरत ४० वर्षीय पुरुष तथा बाराको कोल्हवी नगरपालिका घर भइ लमजुङमै कार्यरत वर्ष २५ की महिला र २७ का पुरुषमा संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा बुधबार बिहानमात्र थप २८ जनामा कोरोना पुष्टि

उता, चितवनको भरतपुर अस्पतालमा भएको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिकाका ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखा परेको छ ।

प्रदेशमा गएको २४ घण्टामा कुल ७३ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन् । जसमा बागलुङका ६८, गोरखाका ३, लमजुङका २ जना रहेका छन् । यो सहित प्रदेशमा निको हुनेको संख्या २ सय ८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा बुधबार बिहानमात्र थप २८ जनामा कोरोना पुष्टि भएको जनाइएको थियो । तीमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२, स्याङ्जा ८, गोरखा र बागलुङ ३–३, कास्की र तनहुँका १–१ जना रहेका छन् ।
पोखरामा नमुना परीक्षणको लागि हालसम्म १६ हजार ७६ सय ६१ जनाको स्वाब संकलन भएकोमा २ सय ९० जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमितमध्ये स्याङ्जाका २ जना पुरुषको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width