कास्कीमा नासु बचाउ माग गर्दै जिल्ला प्रशासनमा शान्तिपूर्ण धर्ना

आदर्श समाज सम्वाददाता
असार १७, २०७७
05

पोखरा, १७ असार । कास्कीका सरकारी कार्यालयमा कार्यरत राजपत्र अनंकित श्रेणीका कर्मचारीहरु पनि आन्दोलित भएका छन् ।

उनीहरुले निजामती कर्मचारीको वृत्तिविकासलाई अवरोध गर्ने गरी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकको विरोध गर्दै देशव्यापी आन्दोलनस्वरुप तालनगरी पोखरामा पनि आन्दोलन सुरु गरेका हुन् ।

कर्मचारीहरुले विभिन्न नाराअंकित प्ले–कार्ड बोकेर पोखरा शहीदचोकस्थित जिल्ला प्रशासन कार्यालयअघि बुधबार दिउँसो १ घण्टा धर्ना दिएका छन् । नासु बचाउ अभियान परिचालन सम्पर्क समिति कास्की संयोजक शिवप्रसाद पौडेलले धर्नापछि जिल्ला प्रशासन कार्यालयमार्फत सभामुखसमक्ष ६ बुँदे ज्ञापनपत्र पठाइएको जानकारी दिए । धर्नापछि सो ज्ञापनपत्र प्रजिअ ज्ञानप्रसाद ढकाललाई हस्तान्तरण गरिएको थियो ।

यस्तै, निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनैै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुला प्रतिष्पर्धाबाट लोकसेवा आयोग परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउनुपर्ने, सबै सेवा समूहका कर्मचारीलाई सम्बन्धित सेवा समूहमा नै बढुवा लगायत वृत्ति विकासको व्यवस्था गर्ने, अर्को सेवा समूहलाई प्रभाव पार्ने गरी सेवा समूह परिर्वतन गर्न नपाउने व्यवस्था मिलाउने, सबै तहमा श्रेणीगत वा तहगत समान व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

ब्यानर बोकेर आन्दोलनमा सहभागी नासु नवीन पौडेलले आफूहरुको माग राज्यले उचित सम्बोधन गर्नेमा आफूहरु आशावादी रहेको बताए । उनका अनुसार आन्दोलनमा ९३ जना कर्मचारी व्यानरसहित उपस्थित थिए ।

कोभिड–१९ का कारण सामाजिक दूरी कायम गर्दै आन्दोलनकारीले बढुवा प्रतिशत ३० प्रतिशत कायम गर, विभेदकारी ऐन खारेज गर, निजामती कर्मचारीलाई उमेरहद हटाउ, १२ वर्षमा स्वतः बढुवा व्यवस्था होस्, माननीयज्यू, तपाईलाई भुइँ तहका कर्मचारुीको आँसु लाग्ला है, माननीयज्यू, तल्लो तहको कर्मचारीलाई हेला नगर्नुहोस्, प्रतिष्पर्धात्मक परीक्षामा उमेह हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था कायम गर लगायत नाराअंकित प्लेकार्ड बोकेका थिए ।

विधेयकमा कर्मचारीमाथि विभेद गरेको भन्दै मंगलबार काठमाडौं सिहदरबारबाट नासुहरुले आफ्नो आन्दोलन अभियान देशव्यापी बनाउँदै लगेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width