पोखरा, १५ असार । गण्डकी प्रदेशमा गएको २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या कुल ९ सय ४९ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ विज्ञप्ति जारी गरी तनहूँ, बागलुङ, पर्वत, गोरखा र स्याङ्जामा गरी ४९ नयाँ संक्रमित फेला परेको पुष्टि गरेको हो । तीमध्ये ९ जना महिला छन् ।
सबैभन्दा बढी संक्रमित बागलुङका १४ जनामा देखिएको छ । जसमा बागलुङ नगरपालिकाका ४ पुरुष, गल्कोटका ९ जना पुरुष र १ महिला छन् ।
पर्वतमा १३ जना पुरुष संक्रमित थपिएका छन् । सदरमुकाम कुष्माका ३, फलेबासका २, पैयुँका २, बिहादीका २, जलजलाका १, महाशिलाका २, मोदीका १ जना पुरुष छन्।
१० संक्रमित थपिएको तनहुँको घिरिङ १ महिला, बन्दीपुरका ५ महिला, ४ पुरुष छन्।
स्याङ्जा वालिङ नगरपालिकाका ७ पुरुष र १ महिला गरी ८ जना, गोरखाको भीमसेनका ५, सिरानचोकका १ जना पुरुष गरी ६ जना नयाँ संक्रमित थपिएका छन्।
उनीहरु सबै जनाको नमुना परीक्षण काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो।
प्रदेशमा डिस्चार्ज हुनेको संख्या कुल २ सय १४ पुगे
यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा स्याङ्जा चापाकोट नगरपालिकाका १ महिला र १ पुरुषमा कोरोना भाइरसबाट संक्रमित भएको पत्ता लागेको छ।
गण्डकी प्रदेशकै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १६ जना कोरोना संक्रमित निको भइ सोमबार घर फर्केका छन् । आइतबारको विवरण अनुसार स्याङ्जा, म्याग्दी, तनहूँ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका सम्बन्धित आइसोलेसन कक्षमा उपचार गराइरहेका ७५ जना कोरोना संक्रमित निको भइ घर फर्केका थिए । प्रदेशमा डिस्चार्ज हुनेको संख्या कुल २ सय १४ पुगेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए।
गण्डकी ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका छन्।
Related News
सम्बन्धित समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१पाठेघरको मुखको क्यान्सरबाट बँच्न एचपिभी खोप अभियान, गण्डकीमा १ लाख ५ हजारलाई दिइने
माघ १८, २०८१