रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा बृक्षरोपण

आदर्श समाज सम्वाददाता
असार १४, २०७७
r2

पोखरा, १४असार । जननेता मदनकुमार भण्डारीको ६९ औं जन्मजयन्ती तथा दोस्रो राष्ट्रिय वृक्षरोपण दिवसको सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा बृक्षारोपण गरिएको छ ।

कार्यक्रमको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) केन्द्रीय कमिटी सदस्य एबम गण्डकी प्रदेशका सह इन्चार्ज प्रतिनिधि सभा सदस्य खगराज अधिकारिले शुभारम्भ गरेका हुन् । अधिकारिले जननेता मदनकुमार भण्डारीले बिश्व कम्युनिस्ट आन्दोलनलाई नेपालबाट नयाँ शिराबाट उठाएको भन्दै भन्डारीको योगदानको चर्चा गरे।

पोखरा ३३ र २१ मा पर्ने रवीन्द्र स्मृति पार्क र सर्मानेढुँङ्गामा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्यद्वय श्रीनाथ बराल, सीता गिरी ओली ,केन्द्रीय सदस्य एबम पोखरा महानगरका मेयर मानबहादुर जि सि , नेकपा कास्की अध्यक्ष कृष्णबहादुर थापा, पोखरा ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्य ,नेकपा कास्की जिल्ला कमिटी सदस्य झपट रानाभाट लगायतले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भन्डारीको योगदानको चर्चा गर्दै नेकपा लाई अझै बलियो बनाउनु पर्नेमा जोड दिएका थिए ।

सो अबसरमा वरपिपल,सुमी,असोका,कल्चा लगाएतका करिब २५० बिरुवा रोपिएको बताइएको छ। रवीन्द्र स्मृति प्रतिस्ठानका अध्यक्ष प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कास्कीका सचिबालय सदस्य दामोदर बैरागीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • देशभर चिसो बढ्दै

    रासस असाेज २९, २०८१
    काठमाडौं ।  देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले…
  • हल्का वर्षाको सम्भावना

    रासस असाेज २८, २०८१
    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    रासस असाेज २७, २०८१
    काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा…
  • बाहिरियो नेपालबाट मनसुन

    रासस असाेज २६, २०८१
    काठमाडौं । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि…
  • तीन प्रदेशमा वर्षाको सम्भावना

    रासस असाेज २६, २०८१
    काठमाडौं । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग