सहारा एकेडेमीका बालकहरुलाई फुटवल बुट सहयोग

आदर्श समाज सम्वाददाता
असार १३, २०७७
unnamed

पोखरा १३, असार । पोखरा १७, दोभिल्ला स्थित सहारा फुटवल एकेडेमीका बालकलाई फुटवल बुट सहयोग हस्तान्तरण गरिएको छ । पोखराको सहारा स्पोटर्स कर्नरको पहलमा गेगा फुटवल बुट कम्पनीको सहयोगमा प्राप्त २४ थान फुटवल बुट शनिबार सहयोग हस्तान्तरण गरिएको हो ।

कर्नरका संचालक कल्पना कंडेलले सहारा क्लबका उपाध्यक्ष एवं एकेडेमीका संयोजक विश्वराज बराल, एकेडेमीका कप्तान शिशिर क्षत्री, पूर्व कप्तान कमल समय मगर सहितको टोलीलाई उक्त बुट हस्तान्तरण गरेका हुन् । कर्नरका संचालक कंडेलले सहारा एकेडेमीमा उक्त फुटवल बुट उपलब्ध गराउन कम्पनीसंग सहजीकरण गरी कम्पनीले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत करिब ३० हजार मूल्य बराबरको उक्त बुट सहयोग गरेको हो ।

पोखरामा विगत ६ वर्षदेखि स्पोटर्सका सामानहरु बिक्री वितरण गर्दै आएको कर्नरले आगामी दिनमा पनि एकेडेमीमा थप सहयोग उपलब्ध गराउन पहल गर्ने भएको कंडेलले जनाइन्। देशमा लकडाउन भएको अबस्थामा पनि कम्पनीले उक्त बुट उपलब्ध गराएकोमा धन्यवाद दिदै संयोजक बरालले विभिन्न सहयोगीको हातबाट एकेडेमी संचालन हँुदै आएको बताए । एकेडेमीमा हाल १३ जिल्लाका २४ जना बालकहरु रहेका छन्। लकडाउनको समयमा उनीहरुलाई फुटवल एकेडेमीमै राखेर दैनिक प्रशिक्षण समेत हुदै आएको संयोजक बरालले जनाए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width