९२ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असार १३, २०७७
IMG_20200627_112623

पोखरा, १३ असार । श्रीविहानी वचत तथा ऋण सहकारी संस्थाको १२ औँ स्थापना दिवसको अवसरमा  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा   ९२ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम संयोजक तथा संस्थाका सञ्चालक देविप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली रहेका थिए । संस्थाका अध्यक्ष धर्मराज भण्डारी लगायतका पदाधिकारीको रक्तदान कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक देविप्रसाद अधिकारीले स्वागत तथा कार्यक्रममाथि प्रकाश पारेका थिए । क्षेत्रीय रक्तm सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा संस्थाको कार्यालय न्यूरोड र सुइखेत सेवा केन्द्र हेम्जाबाट ९२ युनिट रगत संकलन भएको हो । कार्यक्रम सञ्चालन संस्थाका सचिव सुजनवावु अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्णमा सुत्केरी प्रोत्साहन

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । काकीको अन्नपूर्ण गाउँपालिका १ मा सुत्केरी प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । वडाध्यक्ष कोषबाट लागु उक्त कार्यक्रमअन्तर्गत बच्चा…
  • टोपीमा लुकाइएको लागुपदार्थ बरामद

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । लागुपदार्थ सहित कास्की प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ । हेमजामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना आधारमा…
  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • गोदारको काठमाडौं–पोखरा दौड

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिकाका अर्जुन गोदारले काठमाडौं–पोखरा दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट…

hero news full width

trending post

ट्रेन्डिङ्ग