पोखरा, १२ असार । गण्डकी प्रदेशमा शुक्रबार साँझ १४ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसहित प्रदेशमा संक्रमितको संख्या ८ सय ६ पुगेको छ । प्रदेशका विभिन्न जिल्लामा गरी बिहानमात्रै २५ जना नयाँ संक्रमित थपिएका थिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयले साँझ विज्ञप्ति जारी गरी लमजुङका ६, गोरखाका ५, पर्वतका २ र कास्कीका १ गरी १४ जना पुरुषमा संक्रमण पुष्टि गरेको जनाएको हो ।
जसअनुसार लमजुङको मध्यनेपाल नगरपालिकाका ५ जना छन् । उनीहरुमध्ये ५८ वर्षका २ जना, वर्ष २९, ३१ र ४५ छन् । बेशीशहर नगरपालिकाका ५९ वर्षीय पुरुष पनि संक्रमित बनेका छन् ।
उता, गोरखाको पालुङटार नगरपालिकाका वर्ष २० र २४ का पुरुष, भीमसेन थापा गाउँपालिकाका वर्ष १६, २१ र २६ का पुरुष, पर्वतको फलेबास नगरपालिकाका ७० वर्षीय र मोदी गाउँपालिकाका २३ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन् ।
यस्तै, कास्कीको मादी गाउँपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ । संक्रमित देखिएका १४ मध्ये लमजुङ र कास्कीका संक्रमितको नमुना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र बाँकी गोरखा र पर्वतका संक्रमितको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको हो ।
पोखराबाट शुक्रबार नै १७ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१