पोखरा, १२ असार । पोखरेली युवाको एक समूहले पोखरामा राहत वितरण गरेका छन् ।
विश्वकप फुटसल खेलेका पोखरेली युवा वरदान ताङ्वे लामा, ब्याडमिन्टनका अन्र्तराष्ट्रिय खेलाडी भूगोल गुरुङ, दी एज ब्याण्डका जीवन गुरुङलगायतका २५/२६ जना युवाको समूहले पोखराका १४० जनालाई राहत वितरण गरेका हुन् । उनीहरुले पोखरा–१० तथा आसपासका क्षेत्रमा बस्दै आएका अतिविपन्न, अपाङ्ग तथा असक्तहरुलाई १५ केजी चामल, तेल, दाल, नुन, साबुनलगायतका सामग्री वितरण गरे ।
आफूहरुले करीब ३ लाख बराबरको राहत सामग्री वितरण गरेको राहत वितरणका अभियन्ता वरदान ताङ्वे लामाले जानकारी दिए । राहतका लागि वेलायत बस्दै आएका पोखरेली नरबहादुर गुरुङले १ लाख भन्दा बढी सहयोग गरेको उनले बताए । अन्य रकम भने आफूहरुले कसैले ५ हजार त कसैले १० हजार संकलन गरेर राहत वितरण गरेको उनले बताए । १०८ जना वडाले सिफारिस गरेको हो,‘ताङ्वेले भने,‘वडाले सिफारिस गरेर छुटेका ३२ जनालाईपनि हामीले थपेर राहत वितरण गरेका हौं ।’ आर्थिक स्थिति नाजुक भएकाहरुलाई वडाले राहतका लागि छुटाएकाले आफूहरुले आफैले बोलाएर राहत दिएको उनले बताए ।
लकडाउन खुकुलो भएपछि कसैलेपनि राहत वितरण नगर्दा कमजोर आर्थिक अवस्था भएकाहरुलाई साँझ विहान हातमुख जोर्न समस्या देखेकाले राहत वितरण गरेको युवाले बताएका छन् । लकडाउनका समयमा धेरैले राहत वितरण गरे,‘ताङ्वेले भने,‘तर लकडाउनपछि नत सरकारले हेर्यो, नत अन्य कसैले राहत वितरण गरे, त्यसैले कोरोना र लकडाउनका कारण दैनिक गुजारा गर्न नसक्नेहरुलाई हामीले सक्दो सहयोग गरेका हौं ।’
Related News
सम्बन्धित समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१