गण्डकीमा २५ नयाँ संक्रमित फेला, झण्डै ८ सय पुगे

आदर्श समाज सम्वाददाता
असार १२, २०७७
Corona_dark

पोखरा, १२ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय नजिक पुगेको छ।

प्रदेशको तनहुँ, स्याङ्जा, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ४ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखा परेको हो । नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या गण्डकीमा ७ सय ९२ पुगेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रवक्ता डा. विनोदबिन्दु शर्माले शुक्रबार बिहान विज्ञप्ति जारी गरी सो कुराको पुष्टि गरेका हुन्।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको नमुना परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको छ।

यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुष र बागलुङको बरेङ गाउँपालिकाका २३ वर्षीय पुरुषमा पनि नमुना परीक्षणमा पोजेटिभ देखिएको हो।

उता, भरतपुर अस्पताल, चितवनमा भएको परीक्षणमा प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ महिलासहित २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लाको कावासोती नगरपालिकाका वर्ष २५ र ३७ का गरी २ जना महिला संक्रमित हुँदा कावासोतीकै १२ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको उमेर समूह वर्ष १८ देखि ५८ सम्म छ । जसमा वर्ष १८, २४, ३० र ३५ का २/२ जना तथा वर्ष २२, २९, ३३ र ५८ का १/१ जना छन् ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका उनीहरु सबै जनालाई सम्बन्धित जिल्लाका अस्पतालमा उपचारका लागि आइसोलेसन बार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुको पालिका तथा ट्राभल हिस्ट्री भने खुलाइएको छैन।

प्रदेशमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ भने ९१ जना निको भई डिस्चार्ज भएका छन्।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width