घरभाडा छुट दिन पोखराका व्यवसायीको माग

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
pohara chamber 1

पोखरा, ११ असार । पोखराका व्यवसायीले घरभाडा छुट माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ३ महिनादेखि लकडाउनले व्यवसाय बन्द हुँदा ठूलो घाटा परेको भन्दै सम्बन्धित घरबेटीसँग घरभाडा छुटको माग गरेका हुन् ।

पोखराकै सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघले बिहीबार विज्ञप्ति जारी गरी संकट गहिरिँदै गर्दा घरभाडाले व्यवसायीहरुमाथि चिन्ता थपिदिएको हुँदा घरधनीहरुसँग सो आग्रह गरेका हो ।

‘घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सृजना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खाली गराउँदैमा समस्याको समाधान हुने पनि हैन,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः सम्भव भएसम्म निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनेतर्फ घरधनीबाट विशेष योगदानहोस् भन्ने संघको आग्रह रहेको छ ।’

संघका तर्फबाट महासचिव अर्जुन पोखरेलले जारी गरेको विज्ञप्तिमार्फत घरभाडा छुट दिने घरधनीहरुलाई विशेष सहुलियत र कर छुटको व्यवस्था गर्न सरोकारवाला निकायहरुसँग जोडदार माग पनि गरिएको छ ।

साथै, संकटको यो घडीमा तीनवटै तहका सरकारसँग व्यवसायीहरुको लागि घोषित राहतका कार्यक्रमहरु तत्काल कार्यान्वयन गर्न र थप कार्यक्रमहरु ल्याउन मागसमेत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • दूध उत्पादक किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा ।   दूध उत्पादक किसान र सरकारबीच ५  बुँदे सहमति भएको छ । शनिबार साँझ भएको वार्तामा सहमति भएको हो…
  • संघका टुक्रे योजनाको रकमान्तर, प्रदेशका अधुरा योजनामा थपियो बजेट

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । स्याङ्जाको मिर्मीदेखि क्याक्मी हुँदै तनहुँको भीमाद सडक आयोजनाका लागि चालु आर्थिक वर्षमा कत्ति पनि बजेट परेन । संघ…
  • ढोडबेंसीको स्वादिलो खुदो

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । प्राचीन कालदेखि नै खुदोले चिनिएको क्षेत्र हो पोखरा–३२ स्थित मालेपाटन ढोडबेँसी । प्रत्येक वर्षको पुसे पन्ध्र होस् वा…
  • बिग मार्टको पोखरामा ५ शाखा एक साथ

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । बिग मार्टले पोखरामा ग्रान्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोर सञ्चालन गरिरहेको बिगमार्टले १९ फागुनमा पोखराको…
  • घान्द्रुकमा वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । त्यहाँ अन्नपूर्ण–२, नौडाँडा स्थित धौलागिरी लघुवित्त वित्तीय…

hero news full width