लिभरपुल इङ्लिस प्रिमियर लिगको उपाधि नजिक

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
FBL-ENG-PR-LIVERPOOL-CRYSTAL PALACE

पोखरा । इङ्ल्यान्डको एन्फिल्ड क्लब इङ्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ ।

प्रिमियर लिगको बुधबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेसमाथि ४ –० को जितसँगै उपाधि नजिक पुगेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले खेलको सुरुवातदेखि नै प्यालेसमाथि दबाब बनाएको थियो ।

लिभरपुलले २३ औं मिनेटमा नै अग्रता लियो । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले अग्रता दोब्बर बनायो । मिडफिल्डर फाबिन्होको पासमा मोहमद सलाहले गोल गरे । यो सिजनमा सलाहको घरेलु मैदानमा १५ औं गोल हो ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप २ गोल थप्यो । खेलको ५५ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अन्तर ३ शून्य बनाए ।

खेलको ६९ औं मिनेटमा लिभरपुलले चौथो गोल थप्यो । यसपटक सलाहको एसिस्टमा मानेले वन भर्सेस वनको स्थितिमा गोल गरे ।

जितपछि लिभरपुल उपाधिको निकै नजिक पुगेको छ । लिभरपुलले अर्को खेल म्यानचेस्टर सिटीसँग खेल्नेछ । त्यसअघि सिटीले चेल्सीको सामना गर्नेछ । सिटीले त्यो खेल हारेमा लिभरपुल च्याम्पियन बन्नेछ । अंक तालिकामा लिभरपुलले ३१ खेलमा ८६ अंक जोडेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width