राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट

रासस
असार १०, २०७७
Rajnitik_Dal_Vet-1024×683

फाेटाेः राष्ट्रपतिकाे कार्यालयकाे वेभपेजबाट

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाटमा उनले मुलुकको समसामयिक विषयमा छलफल गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्नका लागि संविधान संशोधन गर्ने सवालमा दलबीच देखापरेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू खुशी भएको बताउँदै धन्यवाद दिइन्।

राष्ट्रपतिले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रर्दशन  हुँदै आएकामा खुशी व्यक्त गर्दै यस अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै कोरोना प्रभावित बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।

राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्नुहुँदै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न राजनीतिक दलबीच एकता कायम हुनुपर्ने कुरामा जोड दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति भण्डारीले यसरी राष्ट्रका ज्वलन्त विषयमा दलबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

Related News

सम्बन्धित समाचार

  • करार फालेर करार नियुक्त गर्दै महानगर

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको…
  • भलिबल क्रेज बढाउँदै टाइगर कप

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।…
  • पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा महानगरपालिकाको १६ औैं नगर सभा शुक्रबार सम्पन्न भएको छ । गत २८ पुसदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस…
  • धारापानी माविको ७४ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह शुक्रबार भएको छ…
  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…

hero news full width