पोखरा महानगरको नीति तथा कार्यक्रम, पुरानैलाई निरन्तरता

आदर्श समाज सम्वाददाता
असार १०, २०७७
p 10

पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले महानगरको सातौं नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजनालाई निरन्तरता दिइएको छ भने कोभिड–१९ ले आक्रान्त बनिरहँदा यसतर्फ भने खासै चासो दिइएको देखिँदैन । सडक सबै पूर्वाधारको पनि पूर्वाधार हो भन्दै क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगर पोखराले सडक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको छ । महानगरका सबै ३३ वटै वडाहरुलाई एकापसमा स्तरीय सडक सञ्जालबाट जोड्ने लक्ष्यसहित अघि बढे पनि कोभिड–१९ का कारण लक्ष्य प्राप्ति नभएकोले आगामी आवमा समेत सडक सञ्जाल कार्यक्रमको निरन्तरता दिइएको छ ।

चालु आवमा सम्पन्न गर्ने गरी प्राथमिकताको आधारमा अगाडि बढाइएका सडकमा ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन भएकोमा १२ सडकमा ६० किमी बाटो ग्राबेल र १३ किमी कालोपत्रे भएको जनाइएको छ । पोखरा सिर्जनाचोकमा आकाशेपुल फाउन्डेसनको काम सम्पन्न भई स्टिल फ्रेब्रिकेसन कार्य भइरहेको छ । जुन आकाशेपुल पोखरामै पहिलो हुनेछ ।

लेक टु लेक, केभ टु केभ जोड्ने सडकको स्तरोन्नति गरिएको छ । जसमा फेवातालदेखि बेगनासतालसम्म सिधा बस सेवा सञ्चालन गरिएको छ । पोखरा सभागृह मर्मत सम्भार कार्य अगाडि बढाइएको छ । पोखरा ३२, लामेआहालमा पोखरा क्षेत्रीय बसपार्क निर्माणको लागि प्रदेश सरकारसँग समन्वय गरिएको जनाइएको छ । लामो समयदेखि अधुरो रहेको बसपार्क निर्माणमा जोड दिँदै क्षेत्रीय बसपार्क निर्माण कार्यमा जोड दिइएको छ । निर्माणाधीन पर्यटक बसपार्क निर्माण सम्पन्न गर्न समन्वय गर्दै पृथ्वीचोकमा सिटी बस टर्मिनल निर्माण गरिनेछ । सडक स्तरोन्नति गर्दै ट्राफिक लाइट, पार्किङ तथा सर्भिस स्टेसन, चार्जिङ स्टेसन, पैदल मार्ग निर्माण गर्दै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइड र बेगनास क्षेत्र जोड्नको लागि फास्टट्रयाक निर्माण, विश्व बैंकको सहकार्यमा तालचोक बेगनास सडकलाई नमुना सडकको रुपमा विकास, सहरी क्षेत्रमा ओभरहेड र सब–वे संरचना निर्माण, महानगरभित्रका सडकलाई २ वर्षभित्र नमुना सडकको रुपमा विकास गर्ने तथा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माणको लागि सम्भाव्यता अध्ययनको कार्य अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।महानगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधालाई सबै नागरिकको लागि समान प्रक्रियाको सुनिश्चिता दोहो¥याइएको छ । एक घर एक धारा खानेपानी आयोजनालाई आगामी यस आर्थिक वर्षमा समेत निरन्तरता दिइएको छ ।

एकल महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, टुहुरा, सिमान्तकृत र लोपोन्मुख समुदायका लागि यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहुलियत प्रदान गर्न आवश्यक पहल गरिने गरी सामाजिक सुरक्षा सहायता थप कार्यको निरन्तरता छ ।महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिताको सम्मानसहित पत्रकार सामाजिक सुरक्षाका लागि पत्रकार उपचार कोष संचालनलाई निरन्तरता दिइएको छ । उपप्रमुखसँग महिला कार्यक्रम दोहोरिएको छ ।

कला संस्कृति तथा भाषातर्पm सामान्य सम्बोधन गरी विद्यालयमा स्थानीय भाषामा कक्षा सञ्चालनको लागि आवश्यक पाठ्यक्रम तर्जुमा, स्थानीय भाषा ब्याकरण तयारी गरी लागू गर्न सुरुवात गरिने जनाइएको छ भने कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ । संस्थागत विकास, कृषक क्षमता अभिवृद्धि, प्रविधिको सदुपयोग, भूमिको व्यवस्थापन, भूमि बैकको स्थापना, योजनावद्ध व्यवसायिक उत्पादन प्रणाली, बाली तथा पशु बिमा, सुलभ ऋण, बाली सुरक्षा, पशु सुरक्षा, स्थानीय रैथाने बालीहरुको विस्तार, कृषक वर्गीकरणजस्ता कार्यक्रम सञ्चालन गरी खाद्यसुरक्षा तथा पोषण सुनिश्चित गरिने भएको छ ।

खेलकुदको विकासतर्फ महानगरीय खेलकुद विकास समिति गठन गरिने भएको छ । महानगरपालिकालाई ‘समुन्नत पर्यटकीय पोखरा’ सोचलाई व्यवहारमा रुपान्तरण गर्न लागि ७ बुँदे मार्गनिर्देशित सिद्धान्त विकास गरिने भएको छ । कोरोना भाइरस न्यूनीकरणको लागि महानगरले त्यसतर्फ बेवास्ता गरेको छ । महानगरमा मात्र १० स्थानमा क्वारेन्टाइन निर्माण गरिएको बताइए पनि थप योजना उल्लेख छैन । आगामी दिनमा स्वास्थ्य सचेतना, राहत वितरण, रोजगारी सिर्जना लगायत केही पनि योजना नीति तथा कार्यक्रममा परेका छैनन् । कोरोना संक्रमणसँग जुध्न महानगरभित्र प्रदेश सरकारको समन्वयमा विशिष्टकृत अस्पताल स्थापना एवं सञ्चानलको नीति लिइने मात्र उल्लेख छ ।

पोखरा नेपालकै प्रमुख पर्यटकीयस्थल भएपनि कोरोनाले थला परेको पर्यटन प्रवद्र्धनको लागि आगामी दिनमा के गर्ने भन्नेबारे योजना छैन । यस्तै, मात्र अमूर्त तवरमा भनिएको छ, ‘कोभिड–१९ को कारणले उत्पन्न बन्दाबन्दीले समग्र पर्यटन क्षेत्रमा परेको प्रतिकूल असरबाट मुक्त बनाएर पुन सञ्चालन गर्न जोड दिइने छ ।’महानगरका क्वारेन्टाईनमा ४ सय ६३ जना बसेकोमा यस अवधिमा ४ सय ६६ जनाको पि.सि.आर. परीक्षण गरिएको छ । तीमध्ये १६ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

Related News

सम्बन्धित समाचार

  • मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद १ सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको…
  • फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले फेवा सहित पोखराका तालहरुको मापदण्ड घटाउने निर्णय ग¥यो । फेवामा ६५ मिटरबाट…
  • सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । मुख्यमन्त्री अधिकारी…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र…

hero news full width