पाल्पा पहिरोमा मृत्यु हुने ४ पुगे

आदर्श समाज सम्वाददाता
असार ९, २०७७

पोखरा, ९ असार । पाल्पाको तानसेन-हार्थोक सडकखण्डअन्तर्गत सम्माबारीमा सोमबार पहिरोले गाडी बगाउँदा मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ । यसअघि सोमबार नै ३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो पटक झापाको शिवसतासी नगरपालिका–८, झिलेझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले एक जना व्यक्ति हराइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा पहिरोमा माटोले पुरिएको अवस्थामा मंगलबार शव फेला परेको हो ।

पहिरोमा परेका अन्य ३ जनाको मंगलबार मात्र पहिचान खुलेको हो । चितवन भरतपुर नगरपालिका–२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठको ज्यान गएको प्रहरीले जनायो । तीमध्ये २ जनाको घटनास्थलमै शव भेटिएको थियो भने १ जनाको उपचार क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो ।

उनीहरु सबै जना गुल्मीमा एक निर्माण कम्पनीका मजदुर रहेको बताइएको छ । उनीहरु त्यता तर्फ जाँदै थिए ।

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width