काठमाडौँ, ७ असार । शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्म कन्या (पीके) क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् ।काठमाडौंको डिल्लीबजारमा जन्मिएकी जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि उनले शिक्षाआर्जन गरेकी थिइन् ।
२००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेकी थिइन् । त्यसपछि बेलायतबाट ब्यारिस्टर (कानुनमा अधिवक्ता) बन्ने पहिलो महिलाका साथै क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन् ।जोशीका दुई छोरी प्रभा र ज्योति, एक छोरा किरणराज तथा बुहारी रुपा जोशी र १०७ वर्षकी सासुआमा चन्द्रकुमारी जोशी छन्
Related News
सम्बन्धित समाचार
कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
नुहाउन गएका दिदीबहिनीको दहमा डुबेर मृत्यु
घर छाड्ने सल्लाह हुँदै थियो, पहिरोले लतार्यो
पुरुनचौर पहिरो : मृतक ५ जनाको सामूहिक दाहसंस्कार
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१