मुस्ताङमा पनि कोरोना, गण्डकीका ११ वटै जिल्लामा फैलियो

आदर्श समाज सम्वाददाता
असार ६, २०७७
Coronavirus_world_2

पोखरा, ६ असार । हिमालपारीको जिल्ला मुस्ताङमा पनि कोरोना भाइरस पुगेको छ । त्यहाँका एक जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशालामा भएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ । उनको उमेर समूह भने खुलाइएको छैन ।

कोरोना पुष्टि भएपछि सोको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालय लगायत सम्बन्धित क्षेत्रमा दिइएको एक कर्मचारीले जानकारी दिइन् ।

हिमालपारीको अर्को जिल्ला मनाङमा भने ३ दिन अघि एक पुरुषमा कोरोना देखिएको थियो ।

प्रदेशमा शनिबार मात्रै ५८ जनासहित कुल संक्रमित संख्या ४ सय ३८ पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width