पोखरा, ६ असारः दुधको शहर घोषित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित चिरगादी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भवन मर्मतका साथै जेनेरेटर खरिद गरिएको छ ।
पशुपंछी तथा मत्स्य विकास निर्देशनालयको सात लाख रुपैयाँ अनुदान र स्थानीय सहभागिता तीन लाख रुपैयाँ गरी १० लाख रुपैयाँको लागतमा भवन मर्मत एवम् जेनेरेटर खरिद गरिएको सहकारीका अध्यक्ष विशेश्वर आचार्य हरामीले जानकारी दिए ।
विगतमा १२ लिटर दुध बिक्रीका लागि चिरगादीको पुल पारी पुलचोकसम्म पुर्याउनुपरेको स्मरण गर्दै उनले हाल बाघमारा क्षेत्रबाट दैनिक पाँच हजार लिटरसम्म दुध उत्पादन हुने गरेको बताए । भवन मर्मतसँगै जेनेरेटर खरिदले आगामी दिनमा दुग्ध संकलन कार्यमा धेरै सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।भवन मर्मत एवम् जेनेरेटर खरिद कार्यको आज यहाँ आयोजित सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले कृषिको आधुनिकीकरण बर्तमानको आवश्यकता भएको बताए ।
बजारमा कृषि उपजको ब्रान्डिङ हुने गरी लाग्नुपर्नेमा जोड दिदै उनले राज्यबाट प्राप्त योजना तथा कार्यक्रम उपयोगका लागि उपभोक्तामा त्यही किसिमको तदारुकता पनि आवश्यक हुने बताए । स्थानीय जागरुकता भएमा कृषि लगायतका हरेका क्षेत्रमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा दुग्ध विकास संस्थान पोखरा कार्यालयका प्रमुख हरिराम पौडेल, डेरी एशोसिएसन गण्डकीका अध्यक्ष शिवहरि आचार्य, सहकारीका सल्लाहकार खगराज आचार्य लगायतले दुग्ध व्यवसाय र यसको महत्व बारे प्रकाश पारेका थिए ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१