स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना ५ अंकको अग्रता लिनबाट चुक्यो

आदर्श समाज सम्वाददाता
असार ६, २०७७
Barcelona vs Sevilla

पोखरा । स्पेनिस ला लिगाको उपाधि होडमा अति नै महत्वपूर्ण मानिएको खेलमा शीर्षस्थानको बार्सिलोना बराबरीमा रोकिएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको हो । यससँगै क्याटलाना क्लब ला लिगामा स्पष्ट ५ अंक लिनबाट चुकेको छ । सेभिल्लासँग बार्सिलोनासँगको बराबरीले उपाधि होडमा रोमाञ्चकता थपेको छ ।

घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले आफूले गोल गर्न सकेन भने बार्सिलोनालाई पनि गोल गर्न दिएन । गोलरहित यो बराबरीले लिगका ८ खेल बाँकी हुँदा उपाधि होडलाई थप खुला बनाएको छ ।

दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी ५ कायम गर्ने मौका बार्सिलोनाले गुमायो । यसको अर्थ आइतबार राति रियल सोसिडाडको खेलमा जित निकाले रियल मड्रिडले बार्सिलोनासँग अंक बराबरी गर्नेछ ।

शुक्रबार रातिको खेलमा लियोनल मेस्सीले पहिलो हाफमा प्रहार गरेको फ्री–किक बारमा लागेर गयो । सेभिल्लाको डिफेन्स तोड्न बार्सिलोनालाई मुश्किल परेको थियो ।

बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको ३० खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिडको ६२ अंक रहेको छ । तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक जोडेको छ ।

ला लिगा अन्तर्गत शुक्रबार राति नै भएका अरु खेलमा भिल्लारियलले ग्रानाडालाई १–० ले हरायो । यस्तै मालोर्का र लेगानेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width