स्वास्थ्य सामग्री खरिदमा अनियमिता छैन: स्वास्थ्य मन्त्रालय

रासस
असार ५, २०७७
6

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को परीक्षणका लागि पीसीआरको रिएजेन्ट र भीटीएम खरिदमा कुनै अनियमिता नभएको स्पष्ट पारेको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख डा रमेश खरेलले शुक्रबार पत्रकार सम्मेलनमा स्वास्थ्य सामग्री खरिदमा अनियमिता गरेको भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि त्यस्तो कुनै अनियमिता नभएको स्पष्ट पारेका हुन् ।

व्यवस्थापन महाशाखाले परीक्षणको दायरा बढाउनका लागि एक लाख ५० हजार पीसीआर परीक्षण गर्नका लागि आवश्यक रिएजेन्ट र भीटीएमका लागि खरिद प्रक्रिया शुरु गरेको छ । उनका अनुसार बिनाप्रतिस्पर्धा खरिद गर्ने व्यवस्था भए पनि प्रतिस्पर्धाबाट ती सामग्री खरिद गर्दा खरिद मूल्यभन्दा १४ करोड ८७ लाख ११ हजार ५ सय कम परेको छ ।

ती सामग्रीको खरिद ४२ करोड ८ लाख ११ हजार ५ सय पर्ने गरेकोमा बोलपत्रबाट खरिद गर्दा २७ करोड २१ मात्र परेको उनले बताए । यसरी बोलपत्र आह्वानद्वारा खरिद गर्दा खरिद मूल्यभन्दा ३५.३४ प्रतिशत कम मूल्यमा खरिद गरिएको छ ।

उनले सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को घ (३)मा विशेष परिस्थितिमा खरिद गर्नुपरेमा सोझै खरिद गर्नसक्ने प्रावधान र सार्वजनिक खरिद नियवाली २०६४ को नियय १ को ४५ मा एउटा मात्र खरिदकर्तासँग वार्ता गरी खरिद गर्नसक्ने व्यवस्था भए पनि विभागले खरिद प्रक्रियालाई प्रतिस्पर्धा गरी स्वच्छ, मितव्ययीता अपनाउन बोलपत्र आह्वान गरी खरिद गरिएको बताए ।

ती सामग्रीको खरिद ४२ करोड ८ लाख ११ हजार ५ सय पर्ने गरेकोमा बोलपत्रबाट खरिद गर्दा २७ करोड २१ मात्र परेको ।

“हामीले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई प्रतिस्पर्धा स्वच्छता र इमानदारितापूर्वक जवाफदेहीता र विश्वश्नीयता प्रर्वद्धन गरी मितव्यीता कायम गरेर खर्चको अधिकतम प्रतिफल हासिल गर्न खरिदको व्यवस्थापन गरी खरिदकर्तालाई बिनाभेदभाव सार्वजनिक खरिद प्रक्रियामा सहभागी गराएको हो”, उनले भने, “कुनै राजनीतिक दल र अन्य वर्गको दबाबमा नपरी कानुनी प्रक्रियाअनुसार नै ती स्वास्थ्य सामग्री खरिद भएको हो ।”

ती सामग्री मन्त्रालयकै प्राविधिक विज्ञसहितको उपसमितिले दिएको लिखित मूल्याङ्कनसहितको प्रतिवेदन अनुसार न्यूनतम मूल्यमा सामग्री ल्याउनसक्ने कम्पनी ओम कन्र्सनलाई दिइएको महाशाखा प्रमुख डा खरेलले जानकारी दिए । उनले मन्त्रालयको कार्यविधि अनुसार नै सामग्री वितरण गरिएको भन्दै अहिले पनि पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीसमेत रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width