पोखरा, ५ असार । कोरोना भाइरसका कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गरेर खाने विपन्न परिवारलाई गण्डकी बोर्डिङ स्कुल भुतपुर्व विद्यार्थी संगठनले राहत वितरण गरेको छ ।
उनीहरुले पोखराका सय विपन्न परिवारलाई चामल, तेल, दाल लगायतका खाद्यन्न सहयोग गरेका हुन् । पोखरा महानगरपालिका वडा नं ५, १६, ११ र १३ का विपन्न परिवारलाई आफूहरुले राहत वितरण गरेको अध्यक्ष कमल श्रेष्ठले जानकारी गराए । ‘जम्मा तीन सय परिवारलाई राहत वितरण गर्ने हाम्रो योजना अनुसार पोखरामा एक सय, बुटवलमा एक सय र धादिङमा एक सय घर परिवारलाई राहत वितरण गरेका छौ ।’, श्रेष्ठले भने । काठमाडौमा भएका सडकको पेटीमा बस्नेहरुलाई दैनिक खाना समेत खुवाएको उनले बताए ।
महानगरपालिकासँग राहत वितरणको स्विकृति लिएर नै आफुहरुले विपन्नलाई खाद्यन्न सहयोग गरेको श्रेष्ठले बताए । महानगरपालिकाले स्विकृति पत्रमा उल्लेख गरिदिएको वडामा मात्रै राहत वितरण हामीले गरेका छौ’, उनले भने । श्रेष्ठका अनुसार संस्थाको तर्फबाट पोखरामा स्वास्थ्य क्षेत्रका फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको छ ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१