पोखरा । कोरोना भाइरसको महामारीपछि इङ्लिस प्रिमियर लिग समेत सुचारू भएको छ ।
महामारीको लडकडाउनपछि बुधबारदेखि सुचारु प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शान्दार जित दर्ता गरेको छ ।
बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–० को प्रभावशाली जित हात पारेको हो ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा रहीम स्ट्रर्लिङले गोल गरेर सुरुवाती अग्रता दिलाए ।
५१ औँ मिनेटमा पाएको पेनाल्टीमा केविन ड्री ब्रुयनाले गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा फिल फोडिनले गोल गरेपछि सिटी ३–० ले विजयी बन्यो । जितपछि दोस्रो स्थानको सिटीको २९ खेलबाट ६० अंक भएको छ । आर्सनल ४० अंकसहित नवौँ स्थानमा छ ।
कोरोना महामारीको सन्त्रासपछि झन्डै ३ महिनापछि विश्वमा खेलकुद गतिविधि क्रमशः चलायमान बन्दैछ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरु सुचारु भइसकेका छन् ।
मेबाट सुचारु भएको जर्मन बुन्डेसलिगा सकिएको छ । त्यसैको संघारमा अघिल्लो साताबाट स्पेनिस ला लिगाका खेल सुरु भइसकेका छन् । युरोपेली राष्ट्र इटलीमा पनि फुटबल फर्किसकेको छ । यसै क्रममा सबैभन्दा लोकप्रिय र चर्चित इङ्ल्यान्डको इङ्लिस प्रिमियर लिग ३ महिनापछि बुधबारदेखि सुरु भएको हो । यस सिजनको जर्मन बुन्डेसलिगा लिग फुटबल सकिएसँगै इङ्लिस प्रिमियसीप लिग फुटबल सुचारु भएको छ ।
प्रिमियरसीप लिगमा फरक अंक अन्तरले लिभरपुल शीर्ष स्थानमा छ । लिग स्थगित हुनुअघि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको थियो । सन् १९९० पछि लिभरपुल पहिलो पटक प्रिमियरसीपको च्याम्पियन बन्ने दाउमा छ ।
यस सिजनको च्याम्पियनसँगै लिभरपुल ३० वर्षपछि च्याम्पियन बन्नेछ । लिभरपुलाई च्याम्पियन बन्न अब २ खेल मात्रै पुग्छ । लिग स्थगित नभएको भए लिभरपुल मार्चमै च्याम्पियन बनिसक्थयो । साथै, उसले आफ्नो समर्थकबीच जितको खुशीयाली मनाएको हुन्थ्यो । कोभिड–१९ ले गर्दा लिभरपुलको उपाधि उत्सवलाई तीन महिनाभन्दा बढी ढिला गरिदिएको छ ।
यद्यपी, लिभरपुललाई च्याम्पियन बन्न कसैले पनि रोक्ने छैन । यस सिजनको प्रिमियरसीपमा लिभरपुललाई दोस्रो स्थानको सिटीले भेट्ने गणितीय संभावना निकै कम छ । बुधबार सिटीले आर्सनलसँग पराजित गरेको अवस्था छ । उक्त खेलमा सिटीको पराजित र मर्सिसाइड टिमको आफ्नो पहिलो खेलमा एभर्टनलाई पराजित गरे पहिलो खेलबाटै लिभरपुलले उपाधि उचाल्ने पक्का जस्तै थियो ।
यतिमात्र होइन योर्गेन क्लोपको टिमले यसअघि सिटीको नाममा रहेको कीर्तिमान समेत तोड्ने संभावना छ । लिभरपुलले अब संभावित २७ मध्ये १९ अंक जोडेमा सिटीको २०१७/०१८ मा जोडेको १०० अंकको कीर्तिमान तोड्नेछ । यस्तै त्यही सिजन सिटीले १९ अंककामे अन्तरमा उपाधि जितेको थियो । यस सिजनको उपाधिसँगै लिभरपुलले त्यस कीर्तिमानलाई समेत तोड्ने संभावना छ ।
लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले गत वर्ष जुनमा म्याड्रिडमा खचाखच दर्शकका सामु च्याम्पियन्स लिग ट्रफी उठाएका थिए । तर, यसपटक उनीसहित लिभरपुल टोली दर्शक बिनै ट्रफी उठाउने तयारीमा छन् । हेन्डरसनले दर्शक बिना ट्रफी उठाउनु परे अनौठो हुने बताउँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
प्याब्सन कास्कीमा षडानन्द गौतम
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
फूलबारी मन्टेसरीको रजतजयन्ती
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
hero news full width
मुख्य समाचार
प्रेस सेन्टर कास्कीमा दीननाथ
कोन सहकारी अध्यक्षमा सिग्देल
पौष २७, २०८१नवआदर्श सामुदायिक विकास समाजमा दिनेश भण्डारी निर्वाचित
पौष २७, २०८१पर्यटनको विकासमा संगीतको महत्व उच्च
पौष २६, २०८१रवि लामिछानेसमेतका ७ प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश
पौष २५, २०८१युनाइटेड क्लब : चौरमा जन्मिएर निरन्तर समाजसेवा
पौष २५, २०८१