बायर्नले उचाल्यो जर्मन बुन्डेसलिगाको २९ औं उपाधि

आदर्श समाज सम्वाददाता
असार ३, २०७७
Bayern Munikh

पोखरा । जर्मन क्लब बायर्न म्युनिखले बुन्डेसलिगा उपाधि हात पारेको छ ।

यो सँगै बायर्नले बुन्डेसलिगाको लगातार ८ उपाधि उचाल्न सफल भएको छ । समग्रमा बायर्नले २९ औं उपाधि उचाल्दै बुन्डेसलिगाको उत्सव मनाएको छ । तर, उपाधि जितको खुशीयाली भने बायर्न म्युनिखले समर्थकबिनाको खाली रंगशालामा मनायो ।

यस सिजनको मंगलबार राति भएको आफ्नो अन्तिम खेलमा वेर्डर ब्रेमेनमाथि सान्दार जित निकाल्दै बायर्न म्युनिख लगातर आठौं पटक बुन्डेसलिगामा च्याम्पियन भएको हो । गए राति भएको उक्त खेलमा बायर्नले वेर्डरलाई १–० गोलले पराति गरेको हो ।

बायर्नलाई च्याम्पियन बनाउन रोबर्टो लेवन्डोस्कीले १ मात्र निर्णायक गोल गरे । उनले पहिलो हाफ सकिन २ मिनेट बाँकी रहदा गोल गरेका थिए । उक्त खेलको दोस्रो हाफमा बायर्न १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई १० अंकले पछि पारेको छ । बायर्नले सन् २०१२/०१३ को सिजनदेखि लगातार उपाधि जित्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width