पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहातका ३ वटा स्थायी समितिका संयोजक परिवर्तन गरेको छ ।
अखिल नेपाल फुटबल संघको मंगलबार बसेको आपतकालीन बैठकले एन्फाको स्थायी समितिको नेतृत्वमा व्यापक हेरफेर गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिबब शेर्पाले समितिहरु निस्क्रिय अवस्थामा रहेकोले परिवर्तन गरिएको बताएका छन् ।
एन्फा बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ संयोजक रहेको पदपूर्ति समितिको संयोजकको जिम्मेवारी मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलाई पाएका छन् । नेम्वाङ नै संयोजक रहेको संघ सदस्य समितिको संयोजकको जिम्मेवारी एन्फा उपाध्यक्ष वीरबहादुर खड्कालाई पाएका छन् ।
एन्फाले जनाए अनुसार रत्नकुमार श्रेष्ठले फुटसल समितिको संयोजकको जिम्मेवारी पाएका छन् । यसअघि, फुटसल समितिमा दावा लामा संयोजक थिए । सदस्य लामा पनि एन्फा अध्यक्ष शेर्पासँग असन्तुष्ट रहँदै आएका छन् । तीनवटै समितिको अन्य सदस्यहरु भने यथावत रहने एन्फाले जनाएको छ ।
बैठकले संघको बाँकी कार्यकालको अवधिका लागि संघको मानार्थ अध्यक्ष पदमा टासी घलेलाई मनोयन गरेको छ । करिब १७ महिना अघि एन्फा केन्द्रीय समितिले घलेलाई बर्खास्त गरेको थियो । घले तेस्रो पटक एन्फाको मानार्थ अध्यक्षमा मनोनीत भएका हुन् ।
एन्फाले जारी विज्ञप्तीमा भनेको छ, ‘धारा २० बमोजिम संघको बाँकी कार्यकालको अवधिका लागि संघको मानार्थ अध्यक्ष पदमा टासी घलेलाई मनोयन गरिएको छ ।’
नरेन् श्रेष्ठ एन्फा अध्यक्ष हुँदा घले पहिलो पटक मानार्थ अध्यक्ष मनोनित भएका थिए । पछि फेरि शर्पाको नेतृत्वमा निर्वाचित कार्यसमितिले उनलाई दोस्रो पटक मानार्थ अध्यक्ष बनाएको थियो । घलेलाई पछिल्लो पटक २०७५ माघको ३ गते एन्फा कार्यसमितिले बर्खास्त गरेको थियो ।
एन्फाको निर्णयप्रति भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले घोर आपत्ति जनाएका छन् । एन्फाको अपतकालिन समितिको बैठकबाट सोमबार नै घलेलाई मनोनयन गर्ने तयारी भएपनि समितिका सदस्य समेत रहेको वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । त्यसलपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले मंगलबारका लागि कार्यसमितिको आपकालिन बैठक डाकेका थिए । नेम्बाङ मंगलबारको बैठकमा पनि उपस्थित भएनन् ।
बैठकले असोजमा दशरथ रंगशालामा हुने विश्व कप छनोटका लागि जुलाई महिनाबाट राष्ट्रिय फुटबल टोलीको तयारी सुरु गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि सम्बन्धित सबै निकायसँग सहकार्य गर्ने पनि उल्लेख गरेको छ ।
एन्फा बैठकले छानविन समितिको प्रतिवेदनका आधार देखाउँदै भक्तपुर जिल्ला फुटबल संघलाई पुनर्गठन गरेको छ ।किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ समिति गठन गरेको हो । एन्फाले विज्ञप्ती जारी गर्दै कोभिड १९ का कारण सरकारले गरेको लकडाउनको पूर्ण रुपमा अन्त्य भए पश्चातको ६ महिना भित्रको कार्यदेश रहने गरि तदर्थ समिति गठन गरेको उल्लेख गरेको छ ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
टाइगर कपको अन्तिम तयारी
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
सहारालाई गिनिजको सहयोग
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१