कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजार बढीको मृत्यु, ८२ लाख ६५ हजार संक्रमित

रासस
असार ३, २०७७
corona_1

जेनेभा स्वीट्जरल्याण्ड, ३ असार । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख २३ हजार ७३ जना निको भएका छन् हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ८ हजार ४०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १५ लाख १४ हजार ४९८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६३ हजार २९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ४५ हजार २३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९५ जनाको मृत्यु भएको छ । युरोपमा २२ लाख ३५ हजार ९७० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार ९९८ को मृत्यु भएको छ । एसियामा १६ लाख ९८ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४३ हजार ८१२ जनाको मृत्यु भएको छ । अफ्रिकामा २ लाख ६१ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४६ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width