भारतमा कोरोना संक्रमणबाट एकै दिन २ हजार बढीको मृत्यु

एजेन्सी
असार ३, २०७७
Coronavirus_world

काठमाडौं, ३ असार । भारतमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ३ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई हजार तीन जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि तीन लाख ५४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १३ हजार ४४५ संक्रमित फेला परेका छन् भने पाँच हजार ५३७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

तामिलनाडुमा अहिलेसम्म ४८ हजार १९ संक्रमित फेला परेका छन् भने ५२८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४४ हजार ६८८ संक्रमित भेटिँदा एक हजार ८३७ को मृत्यु भइसकेको छ । गुजरातमा २४ हजार ५७७ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५३३ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ९१ संक्रमित फेला परेका छन् भने ४१७ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ९०९ संक्रमित भेटिएका छन् भने ४९५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ७७८ संक्रमित फेला परेका छन् भने ४१ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८६ हजार ९३५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width