पोखरा, ३ असार। गण्डकी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पर्वत जिल्लामा गरी बुधबार २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ४७ पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जना भारतबाट फर्केर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्दैआएका थिए । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना पुरुष र पर्वतका ३ जना छन्।
पर्वतमा भेटिएकामध्ये फलेबास नगरपालिकाकी ४६ वर्षीया महिला हुन् । फलेबासकै वर्ष १९ र २१ का पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका १४ जनामध्ये वर्ष १८ र २० का ३/३ जना, वर्ष १९ र २४ का २/२ जना छन् । त्यस्तै वर्ष २१, २३, ३५ र ३६ का पुरुष छन्।
यसैगरी, सोही जिल्लाकै मध्यबिन्दु नगरपालिकाका वर्ष १६ र ३० का, कावासोती नगरपालिकाका वर्ष ३७ का तथा पालिका नखुलेको वर्ष २७ का पुरुष छन् । संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा मंगलबारमात्र १८ जना कोरोना संक्रमित फेला परेका थिए।
गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका जिल्लामा कोरोना फैलिएको छ । कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भइ घर फर्केका छन् । १ जनाको मृत्यु भएको हो । प्रदेश राजधानी पोखरामा कोरोना परीक्षण हुँदैआएको छ। यहाँ हालसम्म झण्डै ९ हजार जनाको नमुना संकलन भएकोमा २५ सय जनाको नमुना आउनै बाँकी छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१