पोखराका फुटसल सेन्टरहरु खुलाउन जिल्ला प्रशासनसँग व्यवसायीहरुको माग

आदर्श समाज सम्वाददाता
असार २, २०७७
Jilla Prashasan Office Kaski

पोखरा । पोखरामा संचालित फुटसल सेन्टरहरु खुलाउन कास्की जिल्ला प्रशासन कार्यलयसँग व्यवसायीहरुले माग गरेका छन् ।

कोरोना (कोभिड–१९) संक्रमणका कारण ३ महिना लामो लकडाउनको मोडालिटीमा परिवर्तन गरी यहाँ संचालित फुटसल सेन्टर खुलाउन माग गर्दै व्यवसायीहरुले कास्कीको जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका हुन् ।

कास्की जिल्ला फुटसल व्यवसायी संघका अध्यक्ष गणेश क्षत्री, उपाध्यक्ष दीपक बास्तोला तथा सल्लाहकारहरु विनोद गुरुङ, सञ्जय लिगल र सन्तोष पराजुली लगायतका टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

कोरोना (कोभिड–१९) जोखिम बढेसँगै सिर्जित लकडाउनका कारण पोखराका फुटसल व्यवसायीहरुले लगानी गरेर संचालन गरेका फुटसल केन्द्रहरु लगानीका हिसावले उच्च जोखिममा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

पोखराको खेलकुद क्षेत्रमा त्यसमा पनि निजी क्षेत्रबाट करोडौंको लगानीमा पोखरामा संचालित फुटसल सेन्टरहरु बन्द हुनुले व्यवसायीहरुको लगानी जोखिममा परेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने हाम्रो खेलकुदको मन्त्रलाई आत्मसाथ गर्दै यस्तो कठिन अवस्थामा आफू पनि स्वस्थ रहने र विभिन्न वर्गलाई फिटनेसको माध्यमद्वारा कोरोनासँग बँच्न स्वस्थ खानपान र खेल खेल्दै रोगहरुको प्रतिरोधात्मक क्षमताको अभिबृद्धि गर्दै मोटिभेसन कार्यक्रमहरु संचालन गर्न लकडाउनका मोडालिटीमा परिवर्तन गरी फुटसल केन्द्रहरु खुलाउन माग राख्दछौं ।’

लकडाउनको मोडालिटीमा परिवर्त ल्याई नेपाल सरकारको नीति, नियम र कोरोना संक्रमणदेखि उच्च सतर्कता अपनाई फुटसल सेन्टर खुला गर्न जिल्ला प्रशासनमार्फत ज्ञापनपत्र बुझाएर व्यवसायीहरुले नेपाल सरकारसँग माग गरेका छन् ।

फुटसल सेन्टरहरुलाई नियमित रुपमा संचालन गर्नुको साथै कोरोना संक्रमणदेखि बँच्न निम्न सतर्कता अपनाउने उनीहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

प्रत्येक खेलाडीहरुको थर्मगनद्वारा ज्वरो नापेर मात्र फुटसल सेन्टरहरुमा प्रवेश गर्ने गराउने व्यवसायीहरुले प्रतिबद्धता जनाएका छन् । त्यस्तै, प्रत्येक खेलाडीहरुको व्यक्तिगत विवरण राख्ने जनाइएको छ । विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म फुटसल सेन्टरहरु खुला गरिने र एक÷एक घन्टाको फरक समयमा खेलहरु संचालन गर्ने व्यवसायीहरुको प्रतिबद्धता छ ।

प्रत्येक खेलमा १० जना खेलाडीलाई मात्र समावेश गराउने व्यवसायीहरुले जनाएका छन् । प्रत्येक खेलपछि फुटसल सेन्टरको भित्र÷बाहिर सरसफाईमा ध्यान दिने जनाएको छ । फुटसल सेन्टरका प्रत्येक कर्मचारीहरुको स्वास्थ्य सतर्कता अपनाई उनीहरुको सुरक्षामा विशेष सुरक्षा साधनहरु अपनाइनेछ । लकडाउन अवधिभर कुनैपनि प्रतियोगिताहरु संचालन गरिने छैन । खेलाडीबाहेक फुटसल सेन्टरहरुमा अन्यलाई प्रवेश गराइने छैन ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width