खेलकुदमा गण्डकी प्रदेशको बजेट झण्डै १० करोड

आदर्श समाज सम्वाददाता
असार २, २०७७
Gandaki Province Budget

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको खेलकुद क्षेत्रका लागि झण्डै १० करोड बजेट छुट्टाएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले आव ०७७/०७८ को बजेट प्रस्तुत गर्दै बजेटमा समग्र खेलकुदको विकासका लागि खेलकुद क्षेत्रको नीति, संरचना, पूर्वाधारमा जोड दिइएको बताएको छ । तरपनि प्रदेशले खेलकुद क्षेत्रका लागि छुट्टाएको बजेट न्यून रहेको खेलविज्ञहरुले बताएका छन् ।

प्रदेशस्तरिय बहुउद्देश्यीय रंगशाला, क्रिकेट रंगशाला, गल्फकोर्ष, स्की, उच्च उचाईमा खेलकुद तालिम केन्द्र, जिल्लास्तरिय रंगशाला, एक स्थानीय तह एक खेलकुद मैदानका लागि ८ करोड ३५ लाख छुट्टाइएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद आयोजना, खेलाडीलाई प्रोत्साहन गर्न र समग्र खेलकुद विकासका लागि आवश्यक बजेट छुट्टाएको बजेट भाषणमा उल्लेख छ । राष्ट्रिय खेलकुद परिषद्द्वारा पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी खेलाडीहरुको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाखको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको तर्फबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कृत गर्ने आवश्यक आवश्यक व्यवस्था समेत मिलाएको बजेट भाषणमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width