नवलपरासी, २ असार । पूर्वी नवलपरासीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४९ जना पुगेको छ । मंगलबार विहान ३ जनामा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितको संख्या ४९ जना पुगेको हो ।
जिल्ला जनस्वास्थ्य कार्याल्य नवलपुरका प्रमुख केशव चापागाईका अनुसार मंगलबार पोखरा र चितवनमा गरी नवलपुरको १ सय ५ जनाको पिसिआर रिपोर्ट आएकोमा ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।चापागाईले मंगलबार कावासोती ३ का ३७ वर्षीय पुरुष, मध्यविन्दु नगरपालिका १० का १९ वर्षीय पुरुष र विनयी त्रिवेणी गाउँपालिका २ का १८ वर्षीय पुरुष गरी ३ जनामा मंगलबार कोरोना भाईरस पोजेटिभ देखिएको हो ।
संक्रमित ३ जनालाई नै उपचारका लागि रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भईरहेको चापागाईले बताए । चापागाईका अनुसार भरतपुरको प्रशोगशालामा मंगलबार गैडाकोट नगरपालिकाका २५ जनाको पिसिआर रिपोर्ट आएकोमा उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको छ ।त्यसैगरी कावासोती नगरपालिकाको ५२ जनाको पिसिआर रिपोर्ट आउँदा १ जनामा पोजेटिभ र ५१ जनामा नेगेटिभ आएको हो ।
उता पोखरामा गरिएको परीक्षणमा मध्यविन्दु नगरपालिकाको २५ पिसिआर रिपोर्ट आउँदा २४ जनामा नेगेटिभ आएको छ भने १ जनाको पोजेटिभ आएको छ । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको ३ जनाका पिसिआर रिपोर्ट आएकामा २ जनाको नेगेटिभ आएको छ भने १ जनाको पोजेटिभ आएको चापागाईले बताए ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१